Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अभिनेत्री गरिमा पन्तलाई पुत्री लाभ

फिल्मीखबर, काठमाडौं, 2021/08/03
 
अभिनेत्री गरिमा पन्तले छोरीलाई जन्म दिएकी छन् । मंगलवार फेसबुकमा छोरीसँगको एक तस्विर सार्वजनिक गर्दै उनले आफू आमा बनेको जानकारी दिएकी हुन् । उनले छोरीको नाम ‘प्रिषा’ राखेकी छन् । छोरीको आगमन भएकोमा खुसी व्यक्त गर्दै उनले फेसबुकमा लेखेकी छन्, ‘तिम्रो आगमनले हामी धन्य अनि भरिपूर्ण भएका छौं । छोरी प्रिषा, तिमिलाई यो सुन्दर धर्तीमा स्वागत ।’
 
गरिमाले छोरीसँँगको तस्विर सार्वजनिक गरेपछि फिल्मकर्मी र शुभचिन्तकबाट बधाईको ओइरो लागेको छ । २०७३ सालमा बेल्जियम बस्ने हरि थपलियासँग विवाह गरेपछि उनी फिल्म अभिनयमा सक्रिय छैनन् । विवाह लगत्तै श्रीमानसँँग मिलेर बेल्जियममा नै ‘गरी सुसी’ नामक रेष्टुरेन्ट खोलेकी उनी कोरोना महामारीभन्दा अगाडि पारिवारिक भेटघाटका लागि नेपाल आएकी थिइन् । 
 
पछिल्लो पटक फिल्म ‘तीन घुम्ती’ मा देखिएकी गरिमा पन्तले २०७० सालमा रिलिज भएको फिल्म ‘झोला’ बाट राष्ट्रिय अवार्डसहित सार्क फिल्म फेस्टिभलमा उत्कृष्ट अभिनेत्रीको अवार्ड समेत जितेकी थिइन् । सोझी र भलाद्मी अभिनेत्रीको छवि बनाएकी उनले  ‘जीवन मृत्यु, प्रितीको फूल, पराई, मनले मनलाई छुन्छ, ठूली, फूल, सुन्दर मेरो नाम’ लगायतका फिल्ममा अभिनय गरेकी छन् । 
Most Visited News (monthly)