Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 6619 - 6624 of 23774
फिल्मीखबर, काठमाण्डौ, 2021-08-05, बिहिवार

अभिनेत्री प्रियंका कार्कीका लागि चर्चा, विवाद र आलोेचना नयाँ होइन । कहिले उनी आफ्नै अभिव्यक्तिले आलोचित बनेकी हुन्छिन् भने कहिले फिल्ममा दिएका सिनका कारण चर्चामा रहन्छिन् । अहिले उनी गर्भवती छिन् । यसै महिना उनले आफ्नो गर्भभित्रको बच्चालाई जन्म दिँदैछिन् । गर्भवती भएपछि उनले सामाजिक सञ्जालमा पोस्ट गरेका तस्विरले भूकम्प नै ल्याएको छ ।

फिल्मीखबर, काठमाडौं, 2021-08-05, बिहिवार

अभिनेता आर्यन सिग्देलको आगमनभन्दा अगाडि नेपालमा एक्सन फिल्मको हालीमुहाली थियो । लभस्टोरी फिल्म थोरै मात्र बन्थे । एकै शैलीका फिल्मले दर्शक समेत आजित भएका थिए । जब फिल्म ‘किस्मत’ बाट आर्यन सिग्देलले नायकको रुपमा सानदार डेब्यू गरे, त्यसपछि एक्सन फिल्मको यूग लगभग अन्त्य भयो । उनको प्रवेशसँगै लभस्टोरी फिल्म निर्माणमा बाढी आएको थियो ।

एजेन्सी, मुम्बई, 2021-08-04, बुधवार

निर्देशक सञ्जय लीला भंसालीको नयाँ फिल्म ‘बैजू बावरा’ केही समयदेखि चर्चामा छ । यस्तैमा उनले यो लभस्टोरी फिल्मका लागि अभिनेता रणवीर सिंहलाई फाइनल गरेका छन् । उनीभन्दा अगाडि रणबीर कपूर र कार्तिक आर्यनको नाम चर्चामा थियो । रणवीरलाई भंसालीले चौंथो पटक निर्देशन गर्न लागेका हुन् । यो जोडीको सहकार्य भएको फिल्म बक्सअफिसमा ब्लकबस्टर छन् ।

फिल्मीखबर, काठमाडौं, 2021-08-04, बुधवार

फिल्म ‘ग्यांगस्टार ब्लूज’ बाट नायकको रुपमा डेब्यू गर्दैगर्दा आशिरमान देशराज जोशीको फिल्म क्षेत्रमा ठूलै हल्लाखल्ला थियो । धेरैले उनलाई आशलाग्दा नायकको रुपमा हेरेका थिए । अग्लो कद, चकलेटी लुक्सले फिल्ममा आउनुभन्दा अगावै युवापुस्तामा उनको गजबको क्रेज थियो । त्यसबेला धेरै युवतीले उनलाई आफ्नो ‘क्रस’ भन्दै हातमा उनको नामको मेहेन्दी समेत लगाए ।

फिल्मीखबर, काठमाण्डौ, 2021-08-04, बुधवार

हलिउड/बलिउड जस्ता उद्योगमा फिल्म छायांकनको क्रममा सक्कलीभन्दा आकर्षक देखिने नक्कली हातहतियारको प्रयोग गरिन्छ । तर, नेपालमा यस्ता हतियारहरु प्रयोग गर्न प्रतिबन्ध भएकाले निर्माताहरु साधारण प्लास्टिकका खेलौनालाई फिल्ममा हतियारको रुपमा देखाउन बाध्य छन् । जसले गर्दा नेपाली फिल्मलाई हेर्ने नजर वालापनको जस्तो रहेको फिल्मकर्मी बताउँछन् ।

एजेन्सी, मुम्बई, 2021-08-03, मंगलवार

यसै वर्ष ओटीटी प्लेटफर्ममा रिलिज भएको हरर-कमेडी फिल्म ‘रूही अफ्जा’ पछि फेरि एकपटक अभिनेता राजकुमार राव र अभिनेत्री जान्हवी कपूर नयाँ फिल्ममा स्क्रिन शेयर गर्दै देखिने भएका छन् । यो अनटाइटल फिल्मलाई शरण शर्माले निर्देशन गर्नेछन् । उनले यसअघि फिल्म ‘गुन्जन सक्सेना’ को निर्देशन गरेका थिए । यस वर्षको अन्तिमबाट फिल्मको सुटिङ सुरु हुनेछ ।

Results : 6619 - 6624 of 23774
Most Visited News (monthly)