Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 6589 - 6594 of 23773
फिल्मीखबर, काठमाण्डौ, 2021-08-13, शुक्रवार

कोरोना भाइरसको महामारीका कारण महिनौंदेखि सिनेमा हलहरु बन्द छन् । गत वर्ष लकडाउनपछि तीन महिना खुलेका सिनेमा हल दर्शकको साथ नपाउँदै कोरोनाको दोस्रो लहर फैलिएसँगै बन्द भयो । अब सरकारले सिनेमा हलमाथि लगाएको प्रतिबन्ध हटाएर सञ्चालनको अनुमति कहिले दिन्छ, टुंगो छैन । सिनेमा हल बन्द हुँदा निर्माण भइसकेका दर्जनौं फिल्म अलपत्र परेका छन् ।

फिल्मीखबर, काठमाडौं, 2021-08-13, शुक्रवार

नेपाली फिल्ममा एक्सनमा नयाँ ट्रेन्ड भित्राउने द्वन्द्व निर्देशकको रुपमा चिनिन्छन्, चन्द्र पन्त । फिल्ममा कलाकारलाई एक्सन गराउने उनको शैली भिन्न मानिन्छ । यसैले, कुनै निर्माता/निर्देशकले एक्सन फिल्म बनाउँदै गर्दा द्वन्द्व निर्देशनमा उनी नै पहिलो रोजाइ हुने गरेका छन् । अभिनेता अनमोल केसी स्टारर फिल्म ‘कृ’ मा उनको द्वन्द्व निर्देशन कलाको निकै प्रशंसा भएको थियो ।

एजेन्सी, मुम्बई, 2021-08-12, बिहिवार

बलिउड अभिनेत्री सोनाक्षी सिन्हा आउँदो हप्ता फिल्म ‘भुज : द प्राइड अफ इन्डिया’ मा देखिँदैछिन् । उनी एकपटक फेरि साउथ फिल्ममा काम गर्ने विषयमा पनि सोचिरहेकी छन् । सन् २०१४ मा सुपरस्टार रजनीकान्तसँग फिल्म ‘लिंगा’ बाट तमिलमा डेब्यू गरेकी उनी अब तेलुगूमा डेब्यू गर्ने तयारीमा छिन् । उनलाई साउथका मेगा स्टार चिरन्जीवीको फिल्मबाट प्रस्ताव आएको छ ।

फिल्मीखबर, काठमाडौं, 2021-08-12, बिहिवार

किस्ताबन्दीको कोरोना महामारीले फिल्म क्षेत्र सबैभन्दा बढी प्रभावित छ । गत वर्ष ९ महिना फिल्म क्षेत्र पूर्ण रुपमा ठप्प भयो । लकडाउन अन्त्यपछि केही मात्रामा फिल्म निर्माण र प्रदर्शन भए पनि त्यसले फिल्म क्षेत्रलाई प्राण भर्न सकेन । कोरोनाको दोस्रो महामारी फैलिएसँगै फेरि यो क्षेत्र बन्द छ । भीडभाड हुने प्रायः क्षेत्र खुलिसक्दा समेत फिल्म क्षेत्र खुल्ने अझै टुंगो लागेको छैन । 

फिल्मीखबर, काठमाडौं, 2021-08-12, बिहिवार

अभिनेत्री शिल्पा मास्के दुई वर्षपछि नयाँ फिल्ममा आबद्ध भएकी छन् । फिल्म ‘लाइफ इन एलए’ मा उनको प्रवेश भएको हो । गत हप्तादेखि तनहुँ क्षेत्रमा फिल्मको छायांकन भइरहेको छ । निर्माण टिमले फिल्ममा समावेश ‘पागल प्रेमी’ गीतको छायांकनका केही तस्विरहरु सार्वजनिक गरेको छ, जसमा शिल्पालाई नव-अभिनेता व्यास बिस्सुसँग रोमान्टिक अवतारमा देख्न सकिन्छ ।

एजेन्सी, मुम्बई, 2021-08-11, बुधवार

पछिल्लो समय बलिउडमा उच्च माग भएका अभिनेता हुन्, अक्षय कुमार । हरेक जनराका फिल्ममा आफूलाई सशक्त रुपमा प्रस्तुत गर्दै आएका उनी कोरोना महामारीभन्दा अगाडि एक वर्षमै ४ देखि ५ वटासम्म फिल्मको छायांकन भ्याउँथे । कोरोना महामारीपछि पनि यो क्रम रोकिएको छैन । कोभिड १९ सुरु भएयता मात्र उनले ५ वटा फिल्मको छायांकन गरिसकेका छन् ।

Results : 6589 - 6594 of 23773
Most Visited News (monthly)