Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 6571 - 6576 of 23773
फिल्मीखबर, काठमाडौं, 2021-08-18, बुधवार

अभिनेता अनमोल केसी रिर्जभ बस्न रुचाउँछन् । आफ्नो बारेमा गलत हल्ला फैलिँदा समेत उनी त्यसको प्रतिवाद गर्न हतारिँदैनन् । काम विशेषबाहेक उनी मिडियासँग पनि ठोकिँदैनन् । पछिल्लो समय उनको बोली र व्यवहारमा आएको परिवर्तनले धेरैलाई आश्चर्यमा पार्ने गरेको छ । भगवान कृष्णको ठूलो भक्त बताउने उनी हप्तामा एकपटक कृष्ण मन्दिरमा दर्शन गर्न पुगेकै हुन्छन् । 

फिल्मीखबर, काठमाडौं, 2021-08-18, बुधवार

कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेका सिनेमा हल खुल्ने निश्चित नहुँदा निर्माण सकिएका फिल्मले प्रदर्शन मिति घोषणा गर्न सकेका छैनन् । सिनेमा हल खुलिहाले पनि तत्काल दर्शकहरु हलसम्म आउने ग्यारेन्टी छैन । किनकि, अझै पनि मानिसमा कोरोनाको भय कायमै छ । यस्तो अवस्थामा कहिलेसम्म फिल्म थन्काएर राख्ने भन्ने प्रश्नले धेरै निर्मातालाई पिरोलेको छ ।

फिल्मीखबर, काठमाडौं, 2021-08-18, बुधवार

अभिनेता खगेन्द्र लामिछाने छोरीको पिता बनेका छन् । बुधवार विहान उनकी श्रीमती रोजिना सिटौलाले छोरीलाई जन्म दिएकी हुन् । खगेन्द्रले सामाजिक सञ्जालमा छोरीको एक तस्विर पोस्ट गर्दै आफू पिता बनेकोमा खुसी व्यक्त गरेका छन् । उनले लेखेका छन्, ‘यो दुनियाँमा स्वागत छ छोरी ।’ सामाजिक सञ्जालमा खगेन्द्र र रोजिनालाई बुबा-आमा बनेकोमा बधाईको ओइरो लागेको छ ।

फिल्मीखबर, काठमाडौं, 2021-08-17, मंगलवार

नेपालकै सबैभन्दा ठूलो एक्सन-थ्रिलर फिल्म दाबी गरिएको ‘एक्स ९’ मा कलाकारको लाइनअप बलियो बन्दै गएको छ । गत हप्ता अभिनेता द्वय अनमोल केसी र सौगात मल्ल फिल्ममा अनुबन्ध भएसँगै निर्माण टिमले अरु कलाकारसँग पनि कागजी सम्झौताको प्रक्रिया अगाडि बढाएको छ । यसैक्रममा, सोमवार अर्का अभिनेता राज कटुवाल फिल्ममा आधिकारिक रुपमा भित्रिएका छन् ।

एजेन्सी, मुम्बई, 2021-08-17, मंगलवार

भारतको ६५औं स्वतन्त्रता दिवसको अवसर पारेर अभिनेता सिद्धार्थ मल्होत्रा स्टारर फिल्म ‘शेरशाह’ रिलिज भएको छ । कारगिल वारका हिरो क्याप्टेन विक्रम बत्राको बयोपिक फिल्मलाई दर्शकले निकै मन पराएका छन् भने सिद्धार्थको अभिनयको पनि प्रशंसा भएको छ । तर, बलिउड सुपरस्टार सलमान खान ‘शेरशाह’ को भूमिकामा सिद्धार्थ नभई अरु नै अभिनेतालाई देख्न चाहन्थे । 

फिल्मीखबर, काठमाडौं, 2021-08-17, मंगलवार

हिट फिल्मको सिक्वेलमा काम गरेपछि कलाकारलाई के विश्वास हुन्छ भने सफलता पक्का हो । तर, सबै हिट फिल्मको सिक्वेल हिट नै हुन्छ भन्ने ग्यारेन्टी हुन्न । ‘दर्पण छायाँ’ को सिक्वेल यसको उदाहरण हो । २ दशक अगाडिको ब्लकबस्टर फिल्मको नाम सापटी लिएर निर्देशक तुलसी घिमिरेले 'पार्ट टू' बनाए । तर, फिल्मले भित्तामा टाँस्न बनाइएको पोस्टरको पैसा समेत उठाएन ।

Results : 6571 - 6576 of 23773
Most Visited News (monthly)