Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 6595 - 6600 of 23773
फिल्मीखबर, काठमाडौं, 2021-08-11, बुधवार

एक समय नेपाली फिल्ममा एकछत्र राज गरेका दुई सुपरस्टार शिव श्रेष्ठ र भुवन केसीलाई १६ वर्षपछि एकसाथ काँचको पर्दामा हेर्न पाइने भएको छ । २००५ मा रिलिज भएको शोभित बस्नेत निर्देशित सुपरहिट फिल्म ‘राजु राजा राम’ पछि उनीहरुले सँगै काम गरेका थिएनन् । १६ वर्षपछि शोभितले नै फिल्म ‘डाँडाको बर पीपल’ मा उनीहरुलाई एकसाथ अभिनय गराउन लागेका हुन् । 

फिल्मीखबर, काठमाण्डौ, 2021-08-11, बुधवार

अघिल्लो पुस्ताकी अभिनेत्री ऋचा घिमिरे परिवारसहित अमेरिकामा बस्न थालेको आठ वर्ष नाघिसकेको छ । एक समय नेपाली फिल्ममा राम्रो उपस्थिति जनाएकी उनले आफू निर्मित तथा अभिनीत फिल्म ‘ब्रेकफेल’ बाट ठूलो घाटा भएपछि अमेरिकालाई कर्मथलो बनाउने निर्णय लिएकी थिइन् । निर्देशक शंकर घिमिरेसँँग विवाह गरेकी उनी तीन सन्तानकी आमा भइसकेकी छन् ।

फिल्मीखबर, काठमाडौं, 2021-08-11, बुधवार

अहिले नेपाली फिल्ममा सर्वाधिक माग भएका र सिनेमा हलको टिकट काउन्टरमा सर्वाधिक विक्ने अनुहार हुन्, अनमोल केसी । उनी फिल्ममा अनुबन्ध भएदेखि नै फिल्मले हाइप बनाउन सुरु गर्छ । उनले गरेका हरेक क्रियाकलाप मिडियाका लागि मसला बन्छ । उमेरभन्दा पाको स्टारडम बनाएका अनमोल अहिलेको नेपाली फिल्मका ‘नम्बर वान नायक’ हुन भन्दा फरक पर्दैन ।

फिल्मीखबर, काठमाण्डौ, 2021-08-10, मंगलवार

कोरोनाका कारण देशभर सिनेमा हलहरु बन्द भइरहेको अवस्थामा दीपकराज गिरी र दीपाश्री निरौलाको समुहले भने राजधानीमा मल्टीप्लेक्स हल निर्माण गरिरहेको छ । नयाँ बानेश्वरस्थित शंखमुल रोडको एक भवनमा उनीहरुले करीब ९ करोडको लागतमा दुई अडिटोरियमको सिनेमा हल खोल्न लागेका हुन् । केही महिनादेखि सिनेमा हल निर्माणको काम भइरहेको दीपकराजले बताए । 

फिल्मीखबर, काठमाडौं, 2021-08-10, मंगलवार

कमेडी र सस्पेन्स थ्रिलर जनरामा निर्माण भएको फिल्म ‘लभ सर्कल’ को पहिलो गीत सार्वजनिक भएको छ । ‘ओ मैयाँ’ बोलको सार्वजनिक गीतमा अंकित बाबु अधिकारी र विद्या तिवारीको संयुक्त आवाज रहेको छ । गीतमा गायक अधिकारीले नै संगीत भरेका छन् । गीतको भिडियोमा फिल्मका कलाकारहरु मुकुन भुषाल, पवित्रा आचार्य, नाजिर हुसेन र रिस्ता बस्नेत फिचर छन् । 

एजेन्सी, मुम्बई, 2021-08-10, मंगलवार

‘दिल चाहता है’ र ‘जिन्दगी ना मिलेगी दोबारा’ जस्ता सानदार फिल्म निर्माण गरिसकेको अभिनेता फरहान अख्तरको एक्सेल इन्टरटेनमेन्टले इन्डस्ट्रीमा २० वर्ष पूरा गरेको अवसरमा फिल्म ‘दिल चाहता है’ को फिमेल भर्सन घोषणा गरेको छ । ‘जी ले जरा’ नाम दिइएको फिल्ममा प्रियंका चोपडा, कटरीना कैफ र आलिया भट्टको अभिनय रहनेछ । फिल्म रोड ट्रिपमा आधारित हुनेछ ।

Results : 6595 - 6600 of 23773
Most Visited News (monthly)