

उत्कृष्ट सिनेमेटोग्राफी र भिएफएक्सका कारण हलिउड फिल्मका प्रशंसक संसारभर छन् । हलिउड फिल्ममा कयौं यस्ता स्टारले देख्न पाइन्छ, जसले आफ्नो अभिनयले दर्शकको मन जितेका छन् । केही कलाकार फिल्मको निर्माता समेत बनिसके । जसबाट उनीहरुले ठूलो कमाई गर्ने गरेका छन् । आज हामी यो प्याकेजमा हलिउडका ५ सबैभन्दा धनी कलाकारको बारेमा चर्चा गर्दैछौं ।

नेपाली फिल्मका चर्चित अभिनेता राजेश हमालको नाममा फिल्म निर्माण हुने भएको छ । निर्माता केदार भुषालले ‘म राजेश हमाल’ नाममा फिल्म बनाउन लागेका हुन् । फिल्ममा अतिथी भूमिकामा राजेश हमाललाई पनि देखाउने तयारीमा निर्माण टिम छ । तर, उनीसँग केही चरण कुराकानी भइसके पनि कागजी सम्झौता भएको छैन । उनले निर्मातासँग बिहीवारसम्मको समय मागेका छन् ।

अमेरिकामा बसोबास गर्ने नेपाली समुदायको कथामा आधारित भएर निर्माण भएको फिल्म ‘लाइफ इन एलए’ को सुटिङ प्याकअप भएको छ । आइतवार पोखरामा फिल्मको अन्तिम दृश्य कैद गरिएको हो । २९ दिन (१९ दिन अमेरिकामा र १० दिन नेपालमा) छायांकन भएको फिल्मलाई सूर्य एन श्रेष्ठले निर्देशन गरेका हुन् । सम्पूर्ण छायांकन सकेर निर्माण टिम राजधानी फर्किसकेको छ ।

सुपरस्टार सलमान खान तेलुगू इन्डस्ट्रीमा डेब्यू गर्न लागेको खबरले यतिबेला बलिउड तातेको छ । तेलुगूका मेगास्टार चिरन्जीवीको नयाँ फिल्मबाट उनले साउथ इन्डस्ट्रीमा डेब्यू गर्न लागेको चर्चा छ । मलयालम फिल्म ‘लुसिफर’ को तेलुगू रिमेक ‘गडफादर’ का लागि निर्माण टिमले सलमानलाई अफर गरेको हो । उनले फिल्मका लागि डेट्स दिइसकेको भारतीय मिडियाले बताएका छन् ।

पछिल्लो छिमलका अभिनेतामध्ये अभिनयको मामलामा केही अब्बल मानिन्छन्, प्रदीप खड्का । उनको क्रेजको त कुरै नगरौं । कुटिल मुस्कान र चकलेटी लुक्सका कारण शहरीया युवापुस्ता उनको डाइहार्ट फ्यान छन । विशेषगरी, युवतीहरुमा उनको क्रेज बढी देखिन्छ । फिल्म ‘प्रेमगीत’ बाट स्टारको रुपमा उदाएका उनी पछिल्लो समय हरेक निर्माता/निर्देशकको रोजाइमा छन् ।

