
एक समय फिल्म निर्माण, निर्देशन र अभिनयमा सक्रिय व्यक्ति हुन्, युवराज लामा । ‘मन मन्दिर, कन्यादान, जीवन संघर्ष, देश परदेश, माउते दाई, प्रतिज्ञा, दुलहा राजा दुलही रानी, खेलौना, गोरेटो’ लगायतका फिल्मको निर्माण र निर्देशन गरेका उनले दुई दर्जन बढी फिल्ममा सशक्त अभिनय पनि गरेका छन् । उनलाई आज पनि दर्शकले फिल्म ‘देउता’ को ‘निमा’ भनेर चिन्ने गर्दछन् ।

कोरोना महामारीका कारण सिनेमा हलहरु अनिश्चितकालका लागि बन्द हुँदा निर्माण सकिएर रिलिजको तयारीमा रहेका दर्जनौं फिल्म अलपत्र परेका छन् । ती फिल्ममाथि भएको करोडौंको लगानी फ्रिज भएको छ । संक्रमण अन्त्य हुने छाँटकाँट नदेखिनु र सरकारले सिनेमा हल खोल्न कुनै चासो नदिँदा केही निर्माताले जोखिम उठाएरै डिजिटल प्लेटफर्ममा फिल्म रिलिज गरेका छन् ।



विगत लामो समयदेखि अभिनेता ऋतिक रोशन र अभिनेत्री दीपिका पादुकोणको अभिनय रहने नयाँ फिल्म ‘फाइटर’ चर्चामा छ । उनीहरु पहिलो पटक एकसाथ देखिन लागेका कारण यो फिल्म दर्शकमाझ प्रतिक्षीत बनेको छ । दीपिका र ऋतिकले फिल्मका लागि तयारी सुरु गरिसकेका छन् । यसबीच, निर्माण टिमले छायांकनभन्दा अगावै फिल्मको प्रदर्शन मिति घोषणा गरेको छ ।

२०४५ सालमा फिल्म ‘भाग्यरेखा’ बाट अभिनय यात्रा थालेकी मौसमी मल्ल आफ्नो समयकी चर्चित अभिनेत्री हुन् । केही समय विदेश बसेर फर्केकी उनले ७० भन्दा बढी फिल्ममा अभिनय गरिसकेकी छन् । करिअरको उत्कर्षमा रहँदा उनले ‘गिरफ्तार’ र ‘समय’ नामक दुई फिल्मको निर्माण पनि गरिन् । तर, पहिलो फिल्मले लगानी फर्काए पनि दोस्रो फिल्मबाट ठूलो घाटा भयो ।

