Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

चिरन्जीविसँग काम गर्न सोनाक्षीले मागिन् महंगो पारिश्रमिक

एजेन्सी, मुम्बई, 2021/08/12
 
बलिउड अभिनेत्री सोनाक्षी सिन्हा आउँदो हप्ता फिल्म ‘भुज : द प्राइड अफ इन्डिया’ मा देखिँदैछिन् । उनी एकपटक फेरि साउथ फिल्ममा काम गर्ने विषयमा पनि सोचिरहेकी छन् । सन् २०१४ मा सुपरस्टार रजनीकान्तसँग फिल्म ‘लिंगा’ बाट तमिलमा डेब्यू गरेकी उनी अब तेलुगूमा डेब्यू गर्ने तयारीमा छिन् । उनलाई साउथका मेगा स्टार चिरन्जीवीको फिल्मबाट प्रस्ताव आएको छ ।
 
चिरन्जीवी निर्देशक केएल रविन्द्रको नयाँ फिल्ममा काम गर्दैछन् । यो फिल्ममा उनको अपोजिटमा निर्माण टिमले सोनाक्षीलाई लिन चाहेको छ । उनले निर्देशकबाट फिल्मको कहानी सुनिसकेकी छन् र काम गर्न सकारात्मक पनि देखिएकी छन् । तर, उनले निर्माण टिमसँँग महंगो पारिश्रमिक मागेकी छन् । उनले साढे ३ करोड पारिश्रमिक डिमान्ड गरेको भारतीय मिडियाको दाबी छ । 
 
सोनाक्षीले डिमान्ड गरेको पारिश्रमिक निर्मातालाई निकै ज्यादा लागेको छ । जसका कारण निर्माण टिमले कुनै निर्णय लिन सकेको छैन । सोनाक्षीले बलिउड फिल्ममा पनि ३ देखि ४ करोडसम्म पारिश्रमिक बुझ्ने गरेकी छन् । तर, साउथमा थोरै मात्र अभिनेत्रीले यति मोटो पारिश्रमिक पाउँछन् । सोनाक्षीले डिमान्ड गरेको पारिश्रमिक तिर्न निर्माण टिम तयार होला वा नहोला, हेर्न बाँकी छ ।
Most Visited News (monthly)