Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पुनमसँग मिलेर नयाँ फिल्म बनाउँदै दीवाकर

फिल्मीखबर, काठमाडौं, 2021/09/03
गत वर्ष दीवाकर भट्टराई फिल्म ‘तिमीसँगै हुने मन छ’ निर्देशनको तयारीमा थिए । फिल्मको छायांकनका लागि नायकसहितको टोली गत चैतमा भारतबाट नेपाल आएको थियो । करीब दुई साता वर्कसप पनि भयो । तर, छायांकनमा निस्कने बेला देशमा कोरोना महामारी भयावह रुपमा फैलिएपछि दीवाकरले छायांकन पोस्टपोन्ड गरे । अब कहिलेबाट छायांकन सुरु हुन्छ, टुंगो छैन ।
 
 
कोरोनाका कारण फिल्मका गतिविधि पूरै ठप्प भएपछि यतिबेला निर्देशक भट्टराई राजधानीका विभिन्न ठाउँमा ‘लभ स्टेशन’ नामक क्याफेको आउटलेट खोल्न व्यस्त छन् । योसँगै उनी अर्को नयाँ फिल्मको तयारीमा पनि जुटेका छन् । जसको अहिले स्क्रिप्टमा काम भइरहेको छ । उक्त बेनामे फिल्मलाई पुनम यादवले निर्माण गर्नेछिन् । उनले पहिलो पटक फिल्म निर्माण गर्न लागेकी हुन् ।
 
राम्रो टिम पाएपछि फिल्म निर्माण गर्न लागेको पुनमले बताइन् । उनी भन्छिन्, ‘पैसा कमाउनकै लागि म फिल्म क्षेत्र आएको होइन । केही राम्रो फिल्म निर्माण गरेर यो क्षेत्रलाई विश्वमाझ चिनाउनु नै मेरो उद्देश्य रहेको छ । फिल्म बनाउन सबैभन्दा पहिला टिम राम्रो हुनुपर्छ । मलाई टिम राम्रो लागेर नै फिल्म निर्माणका लागि तयार भएको हुँ ।’ उनी चाँडै बलिउड फिल्म पनि बनाउँदैछिन् । 
 
पुनमले पहिलो पटक निर्माण गरेको हिन्दी गीत ‘इबादत’ शुक्रवार भारतको प्रतिष्ठित कम्पनी टि-सिरिजको 'पप चार्टबस्टर्स' नामक यूट्युब च्यानलबाट सार्वजनिक भएको छ । गीतमा नेपाली गायिका स्मिता दाहालसँगै भारतका चर्चित गायक शबाब सबरीको स्वर रहेको छ । नेपालका प्रतिभावान कलाकारलाई विश्वमा चिनाउन आफूले गीतसँँगै फिल्म निर्माण गर्ने निर्मात्री यादवले बताइन् ।
 
गीत हेर्नुहोस् :-
 

Most Visited News (monthly)