

नेपाली फिल्म क्षेत्रको गर्विलो नाम हो, युवराज लामा । एक समय अभिनयसँगै फिल्म निर्माण र निर्देशनमा निकै सक्रिय रहेका उनलाई दर्शकले फिल्म ‘देउता’ को ‘निमा’ भनेर चिन्ने गर्दछन् । ‘मन मन्दिर, कन्यादान, देश परदेश, प्रतिज्ञा, दुलहा राजा दुलही रानी, गोरेटो’ लगायतका फिल्मको निर्माण र निर्देशन गरिसकेका उनी पछिल्लो समय राजनीति र होटल व्यवसायमा व्यस्त छन् ।

अभिनेत्री ऋचा शर्मालाई पुत्र लाभ भएको छ । बुधवार बिहान थापाथलीस्ठित नर्भिक अस्पतालमा उनले छोरालाई जन्म दिएकी हुन् । ऋचा निर्णायक रहेको ‘कमेडी च्याम्पियन’ ले फेसबुक पेजमार्फत उनी आमा बनेको जानकारी गराएको हो । आमा र सन्तान दुवैको स्वास्थ्य अवस्था राम्रो रहेको बताइएको छ । ऋचाका श्रीमान दिपेक्ष राणाले छोरालाई बोकेको एक तस्बिर बाहिरिएको छ ।

बलिउड अभिनेत्री राधिका आप्टे जीवन्त चरित्र र सानदार अभिनय कलाका कारण परिचित छिन् । फिल्ममा जुनसुकै चरित्रमा आफूलाई ढाल्न सिपालु मानिने उनले ‘वाह लाइफ हो तो ऐसी’ फिल्मबाट बलिउडमा डेब्यू गरेकी थिइन् । यसपछि उनले ‘पार्च्ड, रक्त चरित्र, शोर इन द सिटी, माँझी द माउन्टम्यान, बदलापुर, हन्टर’ जस्ता कयौं सानदार फिल्ममा अभिनय गरिसकेकी छन् ।

गत वर्ष कोरोना महामारीका कारण जारी लकडाउन अन्त्यपछि निर्देशक तथा निर्माता मिलन चाम्सले आफ्नो ड्रिम्स प्रोजेक्ट ‘गोर्खा वारियर २’ को घोषणा गरेका थिए । पहिलो पार्टभन्दा अगाडि दोस्रो पार्ट निर्माण गर्न लागेका उनले फिल्मको ३० प्रतिशत छायांकन पनि पूरा गरिसकेका छन् । तर, कोरोनाको दोस्रो लहर सुरु भएर निषेधाज्ञा जारी भएपछि फिल्मको छायांकन अधुरैमा अड्कियो ।

मंगलवार आफ्नो जन्मदिनको अवसर पारेर निर्देशक सुदर्शन थापाले प्रेमिका सुप्रिया कटुवालसँग औँठी साटासाट गरे । आउँदो असोज २२ गतेलाई उनीहरुको विवाहको लगन जुरेको छ । काठमाडौंको पाँचतारे होटल र्याडिसनमा भएको इन्गेजमेन्ट समारोहमा दुई पक्षका सीमित परिवारसँगै सुदर्शन र सुप्रियाका अत्यन्त नजिकका व्यक्तिहरुको पनि उपस्थिति रहेको थियो ।

