Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सुप्रियासँग सुदर्शन थापाले साटे औँठी

फिल्मीखबर, काठमाण्डौ, 2021/09/06
 
फिल्म निर्देशक तथा अभिनेता सुदर्शन थापाले सञ्चारकर्मी तथा अभिनेत्री सुप्रिया कटुवालसँग इन्गेजमेन्ट गरेका छन् । सोमवार काठमाडौंको एक पाँचतारे होटलमा उनीहरुले औंठी साटेका हुन् । इन्गेजमेन्ट समारोहमा हुनेवाला दुलहा र दुलही पक्षका सीमित परिवारको मात्र उपस्थिति रहेको जानकारी प्राप्त छ । सुदर्शनले आफ्नो जन्मदिनको अवसरमा सुप्रियासँग इन्गेजमेन्ट गरेका हुन् । 
 
यो जोडी आउँदो असोज २२ गते हिन्दू परम्पराअनुसार विवाह गर्ने तयारीमा छ । अभिनेता राज कटुवालको माध्यमबाट सुदर्शन र सुप्रियाको चिनजान भएको हो । सुप्रिया केही समयदेखि एपि वान टेलिभिजनमा समाचार वाचिकाको रुपमा कार्यरत छिन् । उनले केही म्यूजिक भिडियोसँगै फिल्म ‘साढे सात’ मा पनि अभिनय गरेकी छन् । सुदर्शन र सुप्रिया विगत एक वर्ष प्रेम सम्बन्धमा थिए ।
 
 
‘मेरो एउटा साथी छ’ फिल्मबाट निर्देशनको रुपमा सफल डेब्यू गरेका सुदर्शन थापा लभस्टोरी फिल्म निर्देशनमा अब्बल मानिन्छन् । ‘प्रेमगीत’ लाई उनको करिअरकै उत्कृष्ट फिल्म भन्ने गरिएको छ । उनका फिल्म हेरेर धेरै दर्शकले प्रेम व्यक्त गर्न सिकेका छन् । व्यवसायिक रुपमा सफल फिल्म दिँदै आएका उनले आफ्नो जन्मदिनको अवसर पारेर जीवनको नयाँ अध्याय सुरु गरेका छन् । 
Most Visited News (monthly)