Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 6493 - 6498 of 23770
फिल्मीखबर, काठमाण्डौ, 2021-09-10, शुक्रवार

गत हप्ता काठमाडौंसहित तीन जिल्लाका प्रशासन प्रमुखले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर ५० प्रतिशत अकुपेन्सीमा सिनेमा हल खोल्न दिने निर्णय गर्‍यो । तर, हल व्यवसायीहरुको संस्था नेपाल चलचित्र संघले सय प्रतिशत अकुपेन्सीसहित देशैभरका हल खोल्न अनुमति नदिएसम्म सिनेमा हल नखोल्ने निर्णय गरेको छ । जसले गर्दा प्रशासनको अनुमति बावजूद पनि हल बन्द छन् ।

फिल्मीखबर, काठमाडौं, 2021-09-09, बिहिवार

बुधवार पहिलो सन्तानको रुपमा छोरालाई जन्म दिएकी अभिनेत्री ऋचा शर्माले छोरालाई पुरुष मात्र नभएर असल मान्छे बनाउन सकुँ भन्ने मात्र अब आफूमा लोभ रहेको बताएकी छन् । बिहीवार नर्भिक अस्पतालको शैय्याबाट आफ्नो फेसबुकमा श्रीमानको साथमा छोरालाई छातीमा टँसाएको एक विशेष तस्बिर पोस्ट गर्दै उनले आमा बनेपछि मनमा उब्जिएका भाव व्यक्त गरेकी हुन् ।

एजेन्सी, मुम्बई, 2021-09-09, बिहिवार

भारतका चर्चित क्रिकेटर महेन्द्र सिंह धोनी र कपिल देवपछि अब सौरव गांगुलीमाथि बायोपिक बन्ने भएको छ । बिहीवार फिल्मको घोषणा गरिएको हो । यो बायोपिकको निर्माण लभ रञ्जन र अंकुर गर्गले गर्नेछन् । फिल्मको घोषणा गर्दै लभ फिल्म्सको इन्स्टामा लेखिएको छ, ‘यो भन्दा हामीलाई निकै खुसी महशुस भइरहेको छ कि सौरव गांगुलीको बायोपिकलाई लभ फिल्म्सले बनाउनेछ ।’

फिल्मीखबर, काठमाडौं, 2021-09-09, बिहिवार

एक समय अभिनेत्री रेखा थापाको जोडी भएर फिल्ममा काम गरे करिअर नै कायपलट हुन्छ भन्ने विश्वास त्यसबेलाका चल्तीका हिरोहरुमा समेत हुने गरेको थियो । किनकि, फिल्म चलाउन उनको नामै काफी थियो । नव-प्रवेशीलाई त फिल्मको कुनै सिनमा उनको पछाडि उभिन पाउनु पनि ठूलो थियो । झन्, फिल्ममा उनको ‘अनस्क्रिन जोडी’ बन्न पाए त के चाहियो र ? रातारात स्टार ।

फिल्मीखबर, काठमाडौं, 2021-09-09, बिहिवार

जब हरितालिका तीज नजिकिँदै जान्छ तब नेपालको संगीतिक बजारमा तीज गीत सार्वजनिक गर्ने होडबाजी नै चल्छ । कोरोना महामारीको बीचमा पनि यस वर्ष २ सय बढी तीज गीत सार्वजनिक भए । त्यसमध्ये एक/दुईवटा बाहेक प्रायः आए गएकै पत्त भएन । तर, एउटा तीज गीत भने दशकौंदेखि सर्वाधिक गुञ्जिँदै आएको छ, जुन गीतमा कम्मर नभाँचेसम्म महिलाहरुलाई धितै मर्दैन ।

एजेन्सी, मुम्बई, 2021-09-08, बुधवार
सन् २०१९ मा एक भिडियो भाइरल भएपछि रानू मन्डल रातारात स्टार बनिन् । वेस्ट बंगालमा विहान बेलुकाको छाक टार्न संघर्ष गरिरहेकी उनको सुमधुर आवाजले यस्तो फेम मिल्यो कि उनलाई बलिडका चर्चित गायक हिमेश रेशमियाले ‘तेरी मेरी’ गीत अफर गरे । यो गीत निकै चर्चामा रह्यो । तर, रानूको स्टारडम भने लामो समय चल्न सकेन । अहिले उनी लाइमलाइटबाट टाढा छिन् । 
Results : 6493 - 6498 of 23770
Most Visited News (monthly)