Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘नेपाल-युरोपियन फिल्म फेस्टिभल’ मा पहिलो पटक नेपाली फिल्म देखाइने

फिल्मीखबर, काठमाण्डौ, 2021/09/06
 
नेपालका लागि युरोपियन युनियनको डेलिगेसनले ‘नेपाल-युरोपियन फिल्म फेस्टिभल-२०२१’ (नियुफ) भर्चुअलमार्फत गर्ने जानकारी गराएको छ । असोज १ देखि ९ सम्म हुने महोत्सवको दशौँ संस्करणमा विभिन्न पुरस्कार जित्न सफल १४ युरोपियन मुलुकका १५ फिल्मका साथै अन्य २४ फिल्महरू प्रदर्शन गरिने आइतवार भर्चुअल माध्यमबाट भएको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
 
नेपालका लागि युरोपियन युनियनको डेलिगेसनका कार्यवाहक राजदूत स्टेफेन माइकनले भने, ‘महामारीले गर्दा लामो समयदेखि सांस्कृतिक गतिविधिहरू ठप्प छ । यस्तो स्थितिमा पनि हामी नेपाल र युरोपियन युनियनबीचको सांस्कृतिक आदान-प्रदान तथा फ्यूजनको प्रवर्द्धनका लागि केही उत्कृष्ट नेपाली तथा युरोपेली फिल्महरू अनलाइन (भर्चुअल) को माध्यमबाट प्रदर्शन गर्दैछौं ।’ 
 
महोत्सवमा विभिन्न पुरस्कार जित्न सफल ११ युरोपेली फिल्महरू समावेश गरिएका छन् । यीमध्ये दुईओटा फिल्म नेपाली भाषामा सबटाइटल गरिएको छ । यस्तै, यो फेस्टिभलमा पहिलो पटक नेपाली फिल्म प्रदर्शन हुने भएको छ । यसका लागि महोत्सवमा विनोद पौडेल निर्देशित ‘बुलबुल’, धोन्डुप छिरीङ निर्देशित ‘आमा खान्डा’ तथा सर्जियो बास्सो निर्देशित ‘सरीता’ छानिएका छन् ।
 
योसँगै महोत्सवमा २३ ओटा वन्यजन्तु संरक्षण, वातावरण तथा जलवायु परिवर्तनसँग सम्बन्धित फिल्महरु पनि समावेश छन् । महोत्सवमा फिल्म प्रदर्शनका अलावा फिल्म निर्माणका विविध पक्षहरूको बारेमा पनि तीनवटा कार्यक्रमहरूको आयोजना गरिने छ । महोत्सवमा भएका फिल्म हेर्नका लागि https://www.festivalscope.com/page/neuff/ साइटमा जान सकिने छ ।
Most Visited News (monthly)