Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 6415 - 6420 of 23769
फिल्मीखबर, काठमाडौं, 2021-10-04, सोमवार

नेपाली फिल्म क्षेत्रमा कलाकारलाई दिइने पदवी विवादको मुख्य जड बन्ने गरेको छ । कोरोना महामारीमा त उपाधिमाथि प्रश्न उठाउनु नै फिल्मकर्मीको काम बन्यो । नेपालमा सबैभन्दा विवादित उपाधि ‘महानायक’ हो । राजेश हमाललाई यो पदवी दिएकोमा उनका समकालीन कलाकारहरु नै खुसी छैनन् । यसैले उनीहरु यो विषयलाई जति सक्दो कोट्याएर विवादमा ल्याउन उद्दत छन् ।

फिल्मीखबर, काठमाडौं, 2021-10-04, सोमवार

नेपाली फिल्ममा गायकहरुको प्रवेश बढ्दो छ । रामकृष्ण ढकालदेखि प्रकाश सपुतसम्मले फिल्ममा अभिनय गरिसकेका छन् । युवापुस्तामाझ चर्चित र्‍यापर समिर घिसिङ ‘भिटेन’ पनि अब फिल्मको नायक बन्ने भएका छन् । उनले १८ लाख पारिश्रमिक लिएर हालै एक फिल्म साइन गरेका छन् । बुढासुब्बा डिजिटलले निर्माण गर्न लागेको फिल्म ‘रत्नपार्क’ मा उनी अनुबन्ध भएका हुन् ।

एजेन्सी, मुम्बई, 2021-10-03, आईतवार

तेलुगू फिल्म इन्डस्ट्रीमा निकै रुचाइएको जोडी सामन्था अक्किनेनी र नागा चैतन्यबीच डिभोर्स हुनुमा बलिउड अभिनेत्री कंगना रनोटले बलिउड अभिनेता आमिर खानलाई दोषी ठहराएकी छन् । उनले आमिरलाई ‘डिभोर्स विशेषज्ञ’ को संज्ञा समेत दिएकी छन् । आमिरसँँग बलिउड फिल्म ‘लाल सिंह चड्ढा’ मा काम गरेपछि नागाले सामन्थालाई डिभोर्स दिने निर्णय गरेको उनको आशय छ ।

फिल्मीखबर, काठमाडौं, 2021-10-03, आईतवार

कोरोना महामारीले थलिएको फिल्म क्षेत्रलाई अब कसरी उठाउने भन्नेमा सबै फिल्मकर्मीको ध्यान जानु पर्ने हो । तर, यतिबेला फिल्म क्षेत्रमा बेमौसी बाजा बजिरहेको छ । गत वर्ष दीपाश्री निरौलाले ‘महानायक’ विवाद झिकेपछि फिल्म क्षेत्र लामो समय यसैमा रुमलियो । अघिल्लो हप्ता एक कार्यक्रममा भुवन केसीले शिव श्रेष्ठलाई ‘महानायक’ भनिदिएपछि यो विवाद फेरि चर्किएको छ ।

फिल्मीखबर, काठमाडौं, 2021-10-03, आईतवार

एक समयका सफल निर्देशक शोभित बस्नेत निर्देशित नयाँ फिल्म ‘डाँडाको बर पीपल’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । आइतवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरमा जातको कारण सलोन बस्नेत र रुविना थापाको प्रेममा उत्पन्न समस्यालाई देखाउन खोजिएको छ । फिल्ममा सलोनले सार्की परिवारमा जन्मिएको युवकको भूमिका निर्वाह गरेका छन् ।

फिल्मीखबर, काठमाडौं, 2021-10-03, आईतवार

गत हप्ता बेलायतको सबैभन्दा ठूलो र सर्वाधिक महंगो मानिने रोयल अल्बर्ट हलमा हलिउडको बहुप्रतिक्षीत फिल्म ‘नो टाइम टू डाई’ को रेडकार्पेट प्रिमियर भयो । उक्त समारोहमा फिल्मका अभिनेता डेनियल क्रेगदेखि बेलायती राजकुमार प्रिन्स विलियम र राजकुमारी केट मिडलटनसम्मको उपस्थिति रहेको थियो । यो हलमा विश्वका ठूला कन्सर्टदेखि फिल्मसम्म प्रदर्शन हुने गर्दछन् ।

Results : 6415 - 6420 of 23769
Most Visited News (monthly)