
नेपाली हरर फिल्म ‘कठपुतली’ ले अमेरिकाको प्रतिष्ठित इन्टरनेशनल फिल्म फेस्टिभल ‘विन्टर फिल्म अवार्ड’ मा दुईवटा महत्त्वपूर्ण अवार्ड जित्न सफल भएको छ । सेप्टेम्बर २३ देखि अक्टोबर २ सम्म चलेको फेस्टिभलमा फिल्मले ‘बेस्ट हरर फिचर फिल्म’ र ‘इन्डी पिक्स अवार्ड’ जितेको हो । फेस्टिभलमा यो फिल्म ‘विन्टर फियर अवार्ड हरर फिल्म कम्पिटिसन’ विधामा छनोट भएको थियो ।

आइतवार मुम्बईको समुद्री किनारमा क्रुज सिपमा भएको एक रेब पार्टीमा छापा मार्ने क्रममा पक्राउ परेका बलिउड स्टार शाहरुख खानका छोरा आर्यन खान ७ अक्टोबरसम्म नारकोटिक्स कन्ट्रोल ब्यूरो (NCB) को हिरासतमा रहनेछन् । सोमवार एनसिबीसँगको सोधपुछमा आर्यनले पिताको व्यस्त सेड्युलका कारण उनीसँग भेट्न म्यानेजर पूजासँग अपोइन्टमेन्ट लिनुपर्ने खुलासा गरेका छन् ।

बलिउडका महान हस्ती अनुपम खेर दोस्रो पटक नेपाल आएका छन् । फिल्म ‘उचाइँ’ को छायांकनका लागि आइतवार विहान काठमाडौं ओर्लिएका उनले मंगलवार विहान पशुपतिनाथमा पूजा गरेका छन् । पूजा गरेर फर्किने क्रममा पशुपतिनाथ परिसरमा एक भिडियो बनाउँदै उनले हिन्दूको धर्मस्थानमा आएर पूजाआजा गर्न पाउँदा आफूलाई भाग्यमानी महशुस गरेको बताएका छन् ।

कोरोना महामारीका कारण महिनौंदेखि बन्द रहेका सिनेमा हल असोज २१ गते (घटस्थापना) बाट खुल्दैछन् । काठमाडौंसहितका जिल्ला प्रशासन कार्यालयले गत महिना नै स्वास्थ्य सुरक्षा अपनाएर सिनेमा हल सञ्चालन गर्न अनुमति दिए पनि प्रदर्शनका लागि नयाँ फिल्म नहुँदा हल खुल्न सकेका थिएनन् । घटस्थापनाबाट हलिउड फिल्म प्रदर्शन गरेर सिनेमा हल खुल्ने तयारी गरिएको छ ।

‘मैंने प्यार किया’ फेम्ड निर्देशक सूरज बडजात्याको नयाँ फिल्म ‘उचाइँ’ को छायांकनका लागि बलिउडका चर्चित कलाकारहरु अनुपम खेर, बोमन इरानी, परिणिती चोपडा, सारिका हसन काठमाडौं आइपुगेका छन् । आइतवार विहान इन्डियन एयरलाइन्सको विमानबाट त्रिभुवन विमानस्थलमा अवतरण गरेका उनीहरुलाई बौद्धस्थित पाँचतारे होटल हायतमा बस्ने व्यवस्था मिलाइएको छ ।

९४औं द एकेडेमी अफ मोशन पिक्चर आर्टस् एन्ड साइन्सेस (अस्कार) मा नेपाली फिल्मको सहभागिताका लागि अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समिति (नेपाल) ले आवेदन खुल्ला गरेको छ । एकेडेमीले तोकेका सबै मापदण्ड पुग्ने कागजातसहित असोज १९ गतेदेखि आउँदो कात्तिक २ गतेसम्म फिल्म दर्ता गराइसक्नु पर्ने चलचित्र छनोट समिति नेपालले विज्ञप्तिमार्फत जनाएको छ ।

