Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 6421 - 6426 of 23769
एजेन्सी, मुम्बई, 2021-10-02, शनिवार

विगत केही समयदेखि साउथ सुपरस्टार नागा चैतन्य र उनकी श्रीमती तथा साउथ अभिनेत्री समान्था अक्किनैनीबीच डिभोर्सको खबर लगातार रुपमा आइरहेको छ । यसबीच, समान्थाले शनिवार एक आधिकारिक बयान जारी गर्दै आफूहरुबीच डिभोर्स हुन लागेको कुरामा लालमोहर लगाएकी छन् । उनले प्रशंसक र मिडियाकर्मीसँग यो विषयमा प्राइभेसी दिन पनि आग्रह गरेकी छन् ।

फिल्मीखबर, काठमाडौं, 2021-10-02, शनिवार

आरजे हुँदै फिल्मसम्मको यात्रा तय गरेका राजबल्लभ कोइराला एक समय लभस्टोरी फिल्ममा राम्रो माग भएका अभिनेतामा पर्थे । डेब्यू फिल्म ‘पर्खि बसेँ’ नै सुपरहिट भएपछि उनले आफ्नो करिअर फर्केर हेर्नु परेन । उनको आगमन त्यसबेला भएको थियो जतिबेला फिल्म क्षेत्रमा चकलेटी नायकको खडेरी थियो । उनको प्रवेशपछि नेपालमा लभस्टोरी फिल्म बन्ने क्रम ह्वात्तै बढेको थियो ।

फिल्मीखबर, काठमाडौं, 2021-10-02, शनिवार

एक समय हरेक एक्सन फिल्ममा राजेन्द्र खड्गी अनिवार्य हुन्थे । भिलेनको भूमिकामा उनी निर्विकल्प झैँ थिए । हरेक निर्माता/निर्देशकको पहिलो रोजाइ नै उनी हुन्थे । भिलेन बन्न उनलाई अभिनयसँगै बाहिरी आवरणले पनि उतिक्कै साथ दिएको थियो । यसैले त उनले डेढ दशक भिलेनको रुपमा एकछत्र राज गरे । उनले आफ्नो करिअरमा ३ सय ज्यादा फिल्ममा काम गरेका छन् । 

एजेन्सी, मुम्बई, 2021-10-01, शुक्रवार

अभिनेता सैफ अली खानका छोरा इब्राहिम अली खान इन्डस्ट्रीका सबैभन्दा पपुलर किड्स हुन् । उनलाई खेलकुदप्रति एकदमै रुची छ । तर, अब उनले इन्डस्ट्रीमा पाइला राख्ने भएका छन् । उनले फिल्ममा नायकको रुपमा नभइ असिस्टेन्ट डाइरेक्टरको रुपमा काम गर्न लागेका हुन् । सैफले एक अन्तर्वार्तामा छोरा इब्राहिमलाई हिरो नभइ निर्देशक बन्ने इच्छा रहेको बताएका थिए ।

फिल्मीखबर, काठमाडौं, 2021-10-01, शुक्रवार

एक समय पप गायनमा निमा रुम्बाको ठूलो नाम थियो । ‘मिस् क्याटवाक’ गीतको सफलताले उचाइँमा पुगेका उनको ‘हुरि बतास, आऊ आऊ न, प्रिति बस्यो, मेरी प्रियसी’ जस्ता गीत आज पनि लोकप्रिय छन् । उनले आफूलाई गायन विधामा मात्र सीमित राखेका छैनन् । उनले नायक भएर फिल्ममा पनि अभिनय गरेका छन् । २००८ मा फिल्म ‘कागबेनी’ बाट उनले डेब्यू गरेका थिए ।

फिल्मीखबर, काठमाडौं, 2021-10-01, शुक्रवार

कोरोना महामारीका कारण महिनौंदेखि बन्द रहेका सिनेमा हलहरु यही असोज २१ गतेबाट खुल्दैछन् । काठमाडौंसहित विभिन्न जिल्लाका प्रशासन कार्यालयले गत महिना नै स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर सिनेमा हल खोल्न अनुमति दिएको थियो । तर, प्रदर्शनका लागि नयाँ नेपाली फिल्म नहुँदा हल बन्दै थिए । अब विदेशी फिल्म चलाएर सिनेमा हल खुल्ने तयारी गरिएको छ ।

Results : 6421 - 6426 of 23769
Most Visited News (monthly)