Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 6427 - 6432 of 23769
एजेन्सी, मुम्बई, 2021-09-30, बिहिवार

अभिनेता रणबीर कपूर आफ्नो नयाँ फिल्म ‘शमशेरा’ का कारण चर्चामा छन् । भारतीय मिडियाका अनुसार, फिल्ममा उनी पिता र छोराको भूमिका (डबल रोल) मा देखिनेछन् । दुवै चरित्रमा फरक देखिन मेकअपको साहरा लिइएको छ । लभस्टोरी फिल्ममा सर्वाधिक रुचाइएका उनले यो फिल्ममा हार्डकोर एक्सन गरेका छन् । अर्थात् उनले आफ्नो चकलेटी इमेज बदल्न खोजेका छन् । 

फिल्मीखबर, काठमाडौं, 2021-09-30, बिहिवार

सरदर नेपाली फिल्मको छायांकन ३०-३५ दिनसम्म हुने गर्छ । त्यसअघि फिल्मको छायांकन सकिने सम्भावना ज्यादै न्यून हुन्छ । तर, फिल्म ‘ग्रीन बर्ड’ को छायांकन भने १९ दिनमै सकिएको छ । २५ दिनको सेड्युल बनाएर छायांकनमा निस्किएको फिल्मको मंगलवार अन्तिम सिन खिचियो । फिल्मको सम्पूर्ण छायांकन चितवन-नवलपुरमा भएको निर्देशक प्रमोद कँडेलले जानकारी दिए । 

फिल्मीखबर, काठमाडौं, 2021-09-30, बिहिवार

‘थाहा’ आन्दोलका प्रणेता स्वं. रुपचन्द्र विष्ट ‘रुदाने’ को जीवनीमा आधारित भएर निर्माण भएको फिल्म ‘रुदाने : विद्रोहको नेपाली नाम’ को टिजर सार्वजनिक भएको छ । २ मिनेट ३३ सेकेण्ड लामो टिजरमा रुपचन्द्र विष्टको चरित्र-चित्रण गरिएको छ । टिजर संवादविहीन छ । फिल्ममा दिव्य देवले रुपचन्द्रको भूमिका निभाएका छन् । यो फिल्म चार वर्ष अगाडि नै निर्माण भएको थियो । 

फिल्मीखबर, काठमाडौं, 2021-09-30, बिहिवार

नेपाली फिल्ममा द्वन्द्व निर्देशन (एक्सन) मा आफूलाई अब्बल सावित गरिसकेका चन्द्र पन्त अचेल भोजपुरी फिल्म निर्देशनमा व्यस्त छन् । दिनेशलाल यादव ‘निरहुवा’ लाई लिएर फिल्म ‘निरहुवा चलल लण्डन’ बाट निर्देशकको रुपमा डेब्यू गरेका उनले गत महिना फिल्म ‘माही’ को छायांकन पूरा गरेका थिए । उनले भोजपुरी फिल्ममा नेपाली कलाकारहरुलाई पनि अवसर दिँदै आएका छन् । 

एजेन्सी, बेलायत, 2021-09-29, बुधवार

हलिउडको चर्चित फ्रेन्चाइज जेम्स बोन्डको २५औं श्रृंखला ‘नो टाइम टू डाई’ को मंगलवार लण्डनको रोयल अल्बर्ट हलमा वर्ल्ड प्रिमियर गरिएको छ । जहाँ हलिउड सुपरस्टार डेनियल क्रेग अन्तिम पटक जेम्स बोन्डको अवतारमा रेड कार्पेटमा प्रस्तुत भएका थिए । डेनियल अब जेम्स बोन्ड फिल्मको श्रृंखलामा देखिने छैनन् । यो फिल्म कोरोनाका कारण प्रदर्शन आउन सकेको थिएन ।

फिल्मीखबर, काठमाण्डौ, 2021-09-29, बुधवार

म्यूजिक भिडियोले यदी कसैको करिअर चम्काएको छ भने त्यो मलिका महतको हो । लकडाउनमा सार्वजनिक भएको ‘फुलबुट्टे साडी र टाढा भए पनि’ बोलको म्यूजिक भिडियोले उनलाई फिल्मले पनि दिन नसकेको लोकप्रियता दिलायो । अहिले उनी म्यूजिक भिडियोमा सर्वाधिक माग भएकी मोडलमा पर्छिन् । उनले पारिश्रमिकमा समेत अभिनेता पल शाहलाई भेट्न थालिसकेकी छन् ।

Results : 6427 - 6432 of 23769
Most Visited News (monthly)