Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

१८ लाख लिएर फिल्म खेल्दै भिटेन

फिल्मीखबर, काठमाडौं, 2021/10/04
 
नेपाली फिल्ममा गायकहरुको प्रवेश बढ्दो छ । रामकृष्ण ढकालदेखि प्रकाश सपुतसम्मले फिल्ममा अभिनय गरिसकेका छन् । युवापुस्तामाझ चर्चित र्‍यापर समिर घिसिङ ‘भिटेन’ पनि अब फिल्मको नायक बन्ने भएका छन् । उनले १८ लाख पारिश्रमिक लिएर हालै एक फिल्म साइन गरेका छन् । बुढासुब्बा डिजिटलले निर्माण गर्न लागेको फिल्म ‘रत्नपार्क’ मा उनी अनुबन्ध भएका हुन् ।
 
आइतवार राजधानीमा आयोजित फिल्म ‘डाँडाको बर पीपल’ को ट्रेलर सार्वजनिक कार्यक्रममा बुढासुब्बाका सञ्चालक नवराज गिरीले भिटेनलाई लिएर फिल्म निर्माण गर्न लागेको स्वीकार गरे । तर, उनले पारिश्रमिकको विषयमा भने मुख खोलेनन् । ओटीटी प्लेटफर्म, सिनेमा हल र टेलिभिजनमा रिलिज गर्ने गरी निर्माण हुन लागेको यो फिल्ममा अश्लील शब्दको अत्याधिक प्रयोग हुनेछ ।
 
रौतहटमा जन्मिएका भिटेन ‘चुरोट’ नामको गीतबाट चर्चामा आएको थिए । र्‍यापर गिरीश खतिवडाले उनलाई आफ्नो ब्लगमा ल्याएपछि भिटेन थप चर्चित भए । अघिल्लो वर्ष उनलाई अश्लिल गीतहरू गाएको आरोपमा प्रहरीले पक्राउ समेत गरेको थियो । उनले युवामा सकारात्मक ऊर्जा प्रवाह गर्ने ‘बैनी’, ‘लफंगा’, ‘चुरोट’, ‘हालखबर’, ‘कथा’ जस्ता सन्देशमूलक गीत पनि गाएका छन् ।
 
‘डाँडाको बर पीपल’ प्रदर्शनमा आएपछि भिटेनलाई लिएर नयाँ फिल्म निर्माण गर्न लागेको बुढासुब्बाले अब लगातार फिल्म बनाउने सञ्चालक गिरीले बताए । उनले भने- ‘फिल्म क्षेत्रलाई चलायमान बनाउन र कन्टेन्ट निकाल्नका लागि बुढासुब्बाले ७ वटा फिल्मको घोषणा गरेको छ । त्यसमध्ये एउटा भिटेनलाई लिएर निर्माण हुनेछ । अब बुढासुब्बाले टि-सिरिज जस्तै आफैंले फिल्म बनाउनेछ ।’
Most Visited News (monthly)