Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 6397 - 6402 of 23769
फिल्मीखबर, काठमाडौं, 2021-10-09, शनिवार

कोरोना महामारीका कारण साढे पाँच महिनादेखि बन्द रहेका सिनेमा हलहरु असोज २१ गते घटस्थापनाबाट खुलेपछि अभिनेत्री स्वस्तिमा खड्का अभिनीत फिल्म ‘चिसो मान्छे’ ले प्रदर्शन मिति घोषणा गरेको छ । फिल्मले आउँदो वर्षको बैशाख ३० गतेलाई प्रदर्शन मिति रोजेको हो । यो फिल्म गत वर्षको भदौमै प्रदर्शनमा आउने तयारीमा थियो । तर, कोरोनाका कारण सम्भव भएन ।

फिल्मीखबर, काठमाण्डौ, 2021-10-08, शुक्रवार

सौगात मल्ल, अनमोल केसी र पुष्प खड्काले पहिलो पटक एकसाथ अभिनय गर्न लागेको फिल्म ‘एक्स नाइन’ को अफर बलिउड सुपरस्टार सुनिल सेट्टीलाई पनि गरिएको छ । शुक्रवार फिल्मका निर्देशक मुकुन्द भट्ट र निर्माता विरेन कुँँवरले मुम्बईमा सेट्टीसँग भेट गर्दै फिल्मको कथावस्तु र उनको चरित्रको बारेमा जानकारी गराए । सुनिलले आफूलाई सुनाएको चरित्र मन पराएका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2021-10-08, शुक्रवार

लभस्टोरी फिल्म निर्देशनमा आफूलाई अब्बल सावित गरेका सुदर्शन थापाले जीवनको नयाँ अध्याय सुरु गरेका छन् । गत महिना आफ्नो जन्मदिनको अवसर पारेर अभिनेत्री तथा समाचार वाचिका सुप्रिया कटुवालसँग औंठी साटेका उनी शुक्रवार विवाह बन्धनमा बाँधिएका छन् । विहानको ११ गतेदेखि गैरीधारास्थित रोयल अम्पायर बुटिक होटलमा उनीहरुको विवाह समारोह चलिरहेको छ । 

फिल्मीखबर, काठमाण्डौ, 2021-10-08, शुक्रवार

अघिल्लो र पछिल्लो पुस्ताका ९ जना अभिनेत्रीहरुलाई ‘राष्ट्रिय नवदुर्गा सम्मान’ बाट सम्मानित गरिएको छ । रेजिना उप्रेतीको रेजिना इन्टरटेनमेन्ट प्रा.ली र बिमला केसीको शहीद फिल्मस् प्रा.लीले बिहीवार चलचित्र विकास बोर्डको सभा हलमा आयोजना गरेको कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले अघिल्लो पुस्ताका चैत्यदेवी सिंह, लक्ष्मी गिरी, मौसमी मल्ल र शर्मिला मल्ललाई सम्मान प्रदान गरिन् । 

फिल्मीखबर, काठमाडौं, 2021-10-08, शुक्रवार

कोरोनाका कारण दोस्रो पटक साढे पाँच महिनादेखि बन्द रहेका सिनेमा हल असोज २१ गतेबाट खुलेका छन् । तर, हलमा नेपाली फिल्म लागेका छैनन् । निर्माताहरुले तत्काल फिल्म रिलिज गर्न नमानेपछि मल्टीप्लेक्सदेखि सिंगल थिएटरसम्मले हलिउड फिल्म ‘फास्ट एन्ड फ्यूरियस ९’ प्रदर्शन गर्दै हलको पर्दा उघारेका हुन् । हलमा नेपाली फिल्म हेर्न २६ गते (फूलपाती) सम्म पर्खिनु पर्नेछ ।

फिल्मीखबर, काठमाण्डौ, 2021-10-07, बिहिवार

यही असोज २६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘डाँडाको वरपीपल’ को तेस्रो गीत ‘तिमी साथमा हुँदा’ सार्वजनिक भएको छ । रोमान्टिक थिमको गीतमा सुगम पोखरेल र गायिका जिना रसाइलीको स्वर, नवराज गिरीको शब्द, एलिस कार्कीको संगीत र रामजी लामिछानेको कोरियोग्राफी रहेको छ । गीतको भिडियोमा सलोन बस्नेत र रुविना थापा रोमान्टिक अवतारमा प्रस्तुत छन् ।

Results : 6397 - 6402 of 23769
Most Visited News (monthly)