Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘डाँडाको बर पीपल’ ट्रेलर रिलिज, सलोन र रुविनाको प्रेममा जात तगारो

फिल्मीखबर, काठमाडौं, 2021/10/03
 
एक समयका सफल निर्देशक शोभित बस्नेत निर्देशित नयाँ फिल्म ‘डाँडाको बर पीपल’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । आइतवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरमा जातको कारण सलोन बस्नेत र रुविना थापाको प्रेममा उत्पन्न समस्यालाई देखाउन खोजिएको छ । फिल्ममा सलोनले सार्की परिवारमा जन्मिएको युवकको भूमिका निर्वाह गरेका छन् ।
 
निर्देशक बस्नेतले फिल्ममा शिव श्रेष्ठ र गौरी मल्ललाई बर र पीपलको जोडीको रुपमा प्रस्तुत गरेका छन् । फिल्ममा भुवन केसी आर्थिक रुपमा सम्पन्न गाउँको मान्यगन्य व्यक्तिको भूमिकामा रहेको ट्रेलर हेर्दा अनुमान गर्न सकिन्छ । पारिवारिक फिल्म रुचाउने दर्शकलाई ट्रेलरले आकर्षित गर्न सक्छ । यही असोज २६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मका निर्माता नवराज गिरी हुन् ।
 
चित्लाङ र काठमाडौंमा छायांकन भएको यस फिल्ममा अस्मिता जुरेली, हिउँवाला गौतम, उतम केसी, संगम भण्डारी, प्रभात पल, अस्मी थापा, प्रदीप गिरी, सुशान्तकुमार श्रेष्ठ, ज्ञानकुमार कट्टेल लगायतका कलाकारको पनि अभिनय छ भने नवराज गिरीको कथा, रामकाजी घिमिरेको स्क्रिप्ट, सुशान्त प्रजापतिको छायांकन, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन र मित्रदेव गुरुङको सम्पादन छ ।
 
निर्देशक बस्नेतले यो फिल्मबाट आफ्नो पूर्नजन्म भएको बताउँछन् । कार्यक्रममा उनले भने, ‘मैले आजसम्म जति पनि फिल्म बनाएँ तीनमध्ये केही फरक छ ‘डाँडाको बर पीपल’ । म फेरि एकपटक पारिवारिक फिल्मका साथ फर्किएकाले यसलाई मेरो  पूर्नजन्म भन्न मिल्छ । फिल्म साँचिक्कै उत्कृष्ट बनेको छ ।’ यो फिल्ममा भुवन केसी र शिव श्रेष्ठले १६ वर्षपछि एकसाथ काम गरेका हुन् ।
 

Most Visited News (monthly)