
अभिनेत्री रञ्जना शर्मा आमा बन्ने भएकी छन् । गत वर्षको चैत्र २५ गते अमेरिकामै प्रेमी निकेश सिलवालसँग दोस्रो विवाह गरेकी उनले बुधवार सामाजिक सञ्जालमार्फत आफू आमा बन्न लागेको जानकारी दिएकी हुन् । उनले ‘बेबी बम्प’ सहितको एक तस्विर सार्वजनिक गरेकी छन् । कोरोना महामारीका कारण रञ्जना र निकेशले अनलाइनको माध्यमबाटै कानुनी विवाह गरेका थिए ।

बलिउड अभिनेता रणबीर कपूर मंगलवार आफ्नो ३९औं जन्मदिन मनाइरहेका छन् । नीतू कपूर र स्वर्गीय ऋषि कपूरको कोखबाट जन्मिएका उनी बलिउडको सबैभन्दा पुरानो कपूर खानदानको चौथो पिढी हुन् । उनले आजसम्म बलिउडका कयौं अभिनेत्रीलाई डेट गरिसकेका छन् । तर, कसैसँग उनको लामो समय प्रेम टिक्न सकेन । यसैले उनलाई प्रेममा असफल नायक भन्ने गरिन्छ ।

नेपाल चलचित्र संघले यही असोज २१ गते घटस्थापनाबाट देशभरका सिनेमा हल खुलाउने निर्णय गरेसँगै निर्माण सकेर बसेका र छायांकनरत फिल्मले प्रदर्शन मिति घोषणा गर्न थालेका छन् । यसबीच, गत एक हप्तादेखि उपत्यकामा छायांकन भइरहेको फिल्म ‘अञ्जली’ आउँदो मंसिरमा प्रदर्शन हुने भएको छ । छायांकन पूरा भएपछि प्रदर्शन मिति घोषणा गर्ने तयारीमा निर्माण टिम छ ।

कोरोनाका कारण विगत १८ महिनादेखि फिल्म प्रदर्शन ठप्प छ । जसले गर्दा निर्माण सकेर बसेका दर्जनौं फिल्ममाथि भएको लगानी फ्रिज भएको छ भने हल व्यवसायीहरुले लाखौंको घाटा बेहोर्नुपरेको छ । हल नचले पनि मल्टीप्लेक्सको महिनामा १० लाख र सिंगल थिएटरको डेढ लाख बढी खर्च हुने गर्छ । कोरोनाले निर्मातालाई मात्र नभइ हलवालालाई पनि नराम्रोसँग थलाएको छ ।

निर्माण पूरा भएर बसेका बलिउडका कयौं फिल्म कोभिडका कारण रिलिज हुन पाएका छैनन् । शनिवार भारतको महाराष्ट्र सरकारले अक्टोबर २२ बाट सिनेमा हल खोल्न अनुमति दिएपछि निर्माताबीच फिल्मको रिलिज डेट घोषणा गर्न हानाथाप भएको छ । शनिवार र आइतवारसम्म बलिउडका झन्डै ३० बढी फिल्मले रिलिज डेट लक गरेका छन् । यो क्रम अझै रोकिएको छैन ।

प्रेम जोडी सौगात मल्ल र सृष्टि श्रेष्ठले एकसाथ अभिनय गरेको फिल्म ‘राधा : द सेक्रेट्स अफ राधा’ को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ । फिल्मका निर्देशक तथा निर्माता सुर्वण थापाले आइतवार साँझ सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको फर्स्टलुकमा सृष्टि मात्र फिचर छिन् । आधा टाउको ढाक्ने गरी लामो पछ्यौरी लगाएकी उनी निकै गम्भीर र चिन्तित मुद्रामा देखिएकी छन् ।

