Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 6385 - 6390 of 23769
फिल्मीखबर, काठमाडौं, 2021-10-14, बिहिवार
यतिबेला जताततै दशैंको माहोलले छोपिसकेको छ । यो समयमा दशैं सम्झाउने गीतको कुरा नगर्ने हो भने अपुरो हुन्छ । गीत-संगीतले हरेक पर्व, चाड वा कार्यक्रममा छुट्टै रौनक थप्छ । त्यसैले वर्षेनी दशैं विशेष गीतहरु सार्वजनिक हुने गरेका छन् । तर, कतिपय गीतले स्थायीत्व पाउँदैनन् । केही गीतहरु भने यस्ता छन्, जो वर्षौंदेखि आम मानिसको प्रिय बनेका छन् । सधैं गुञ्जने गरेका छन् ।
फिल्मीखबर, काठमाडौं, 2021-10-12, मंगलवार

कोरोना महामारीका कारण साढे पाँच महिनादेखि बन्द रहेका सिनेमा हल घटस्थापना (असोज २१) बाट सञ्चालनमा आएका छन् । तर, प्रदर्शनका लागि नेपाली फिल्म नहुँदा विदेशी फिल्म चलाएर हल खुलेका थिए । मंगलवार (आज) बाट भने दर्शकले हलमा नेपाली फिल्म हेर्न पाउने भएका छन् । दशैं विदालाई लक्षित गर्दै फूलपातीबाट फिल्म ‘डाँडाको बर पीपल’ प्रदर्शनमा आएको छ ।

फिल्मीखबर, काठमाडौं, 2021-10-12, मंगलवार
फिल्मीखबर, काठमाण्डौ, 2021-10-11, सोमवार

असोज २६ गते (भोली) बाट देशव्यापी प्रदर्शनमा आउन लागेको शोभित बस्नेत निर्देशित फिल्म ‘डाँडाको बर पीपल’ को तेस्रो गीत सार्वजनिक गरिएको छ । ‘सालैको पातले’ बोलको गीतमा शिव मुखियाको स्वर तथा संगीत रहेको छ भने नवराज गिरीको शब्द छ । रामजी लामिछानेले कोरियोग्राफी गरेको गीतको भिडियोमा फिल्मका कलाकारहरु सलोन बस्नेत र रुविना थापा फिचर छन् । 

फिल्मीखबर, काठमाडौं, 2021-10-11, सोमवार

केही समययता निर्देशक शोभित बस्नेत चर्चा र विवादमा छाएका छन् । आफू निर्देशित फिल्म ‘डाँडाको बरपीपल’ को ‘काट्दिम्ला जुँगा जम्मै’ गीत सार्वजनिक कार्यक्रममा उनले ‘भुवन केसी मात्र नेपाली फिल्म क्षेत्रको असली महानायक’ भनेपछि उनी विवादमा तानिए । फिल्म क्षेत्रमा एक रुपैयाँ पनि लगानी नगरेकाले यो उपाधिको हकदार राजेश हमाल हुन नसक्ने उनको स्पष्ट तर्क थियो ।

फिल्मीखबर, काठमाडौं, 2021-10-11, सोमवार

अमेरिकामा बसोबास गर्ने नेपालीहरुको कथामा निर्माण भएको फिल्म ‘लाइफ इन एलए’ को दोस्रो गीत सार्वजनिक भएको छ । आइतवार अमेरिकामा एक कार्यक्रमका बीच फिल्ममा समावेश ‘उदाएर आयौ तिमी’ बोलको रोमान्टिक गीत सार्वजनिक गरिएको हो । प्रताप दास र प्रविशा अधिकारीको युगल स्वर रहेको गीतमा एलिस कार्कीको संगीत र सुन्दर पन्तकोको शब्द रचना छ । 

Results : 6385 - 6390 of 23769
Most Visited News (monthly)