Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

ब्यास र अकेशाको अजर-अमर प्रेम (भिडियो)

फिल्मीखबर, काठमाडौं, 2021/10/11
अमेरिकामा बसोबास गर्ने नेपालीहरुको कथामा निर्माण भएको फिल्म ‘लाइफ इन एलए’ को दोस्रो गीत सार्वजनिक भएको छ । आइतवार अमेरिकामा एक कार्यक्रमका बीच फिल्ममा समावेश ‘उदाएर आयौ तिमी’ बोलको रोमान्टिक गीत सार्वजनिक गरिएको हो । प्रताप दास र प्रविशा अधिकारीको युगल स्वर रहेको गीतमा प्रतिक पौडेलको संगीत र उनकै शब्द रचना छ । 
 
 
गीतको भिडियोमा फिल्मका नायक ब्यास बिस्सु र अभिनेत्री अकेशा विष्ट रोमान्टिक अवतारमा देखिएका छन् । गीतले उनीहरुको एकअर्काप्रतिको विश्वास र प्रेम आशक्ति व्यक्त गर्छ । यो गीतको सम्पूर्ण छायांकन अमेरिकाका विभिन्न रमणीय स्थानमा गरिएको हो । गत साउनमा निर्माण टिमले नेपाल छायांकन पूरा गरेपछि फिल्ममा समावेश ‘पागल प्रेमी’ गीत सार्वजनिक गरेको थियो । 
 
सूर्य एन श्रेष्ठ निर्देशित फिल्ममा शिल्पा मास्के, गौरव पहारी, बुद्धि तामाङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, प्रविन खत्रीका साथै अमेरिकाका कलाकार जारेड बिलप्स, साम भुजेल, जयन्द्र चिलुवाल लगायतको पनि अभिनय छ । फिल्मलाई ब्यास बिस्सुले निर्माण गरेका हुन् । संसार अन्जान सुवेदी कार्यकारी निर्माता रहेको फिल्ममा अमेरिकाको लागि राजेन्द्र ठकुराथी निर्मातामा छन् ।
 
भुपेन्द्र अधिकारी र उज्ज्वल ढकालको सम्पादन रहेको फिल्ममा कविराज गहतराज र सुरज श्रेष्ठको करियोग्राफी, एलिस कार्कीको संगीत, क्रिस वारेन र एडवर्ड उकेन (अमेरिका) र बाबु श्रेष्ठ (नेपाल) को छायांकन छ । निर्माण टिमले दुईवटा गीत सार्वजनिक गरिसके पनि प्रदर्शन मिति भने घोषणा गरेको छैन । नेपालभन्दा पहिला यो फिल्म अमेरिकाको विभिन्न ठाउँमा प्रदर्शन हुनेछ ।
 
गीत हेर्नुहोस् :-
 

Most Visited News (monthly)