Most Recent News Headlines
Results : 6379 - 6384 of 23769

फिल्मीखबर, काठमाडौं, 2021-10-21, बिहिवार
प्रेम र पिम्पल जति लुकाए पनि लुक्दैन रे ! अभिनेत्री वर्षा सिवाकोटी र अभिनेता राज कटुवालको हकमा पनि यस्तै देखिन्छ । एक वर्षदेखि उनीहरु अत्यन्त नजिक छन् । काठमाडौंमा हुँदा उनीहरुको दिनहुँ भेट हुन्छ । सामाजिक सञ्जालमा प्रेमिल तस्विरहरु पोस्ट्याइरहन्छन् । सँगसँगै म्यूजिक भिडियो पनि खेल्न थालिसके । उनीहरुको एकअर्काको परिवारसँग पनि राम्रो चिनजान छ ।

फिल्मीखबर, काठमाण्डौ, 2021-10-21, बिहिवार
नेपाली फिल्मकी लोकप्रिय अभिनेत्री करिश्मा मानन्धर पछिल्लो समय अभिनयमा खासै सक्रिय छैनन् । बेला-बखतमा म्यूजिक भिडियो फाट्ट-फुट्ट गरे पनि उनले फिल्ममा अभिनय नगरेको वर्षौ भइसकेको छ । आजभोली उनी अभिनयभन्दा अध्ययनमा व्यस्त छिन् । उमेरले चार दशक नाघेपछि कक्षा ८ बाट अध्ययन सुरु गरेकी उनी गत महिना १२ कक्षाको परीक्षा दिएर बसेकी छन् ।

शिव पुन, दाङ, 2021-10-19, मंगलवार
फिल्म ‘चुरिफुरी’ ले रिलीज मिति घोषणा गरेको छ । यो फिल्म आउँदो पौष ९ गते देखि प्रदर्शन हुने भएको छ । मंगलबार चलचित्र पत्रकार संघ नेपाल, दाङ शाखाले तुलसीपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रमबाट निर्देशक ऋषिराज आचार्यले फिल्मको रिलिज डेट घोषणा गरेका हुन् ।

एजेन्सी, मुम्बई, 2021-10-18, सोमवार
भारतीय फिल्मका सर्वाधिक सफल नायक हुन्, शाहरुख खान । उनले ९० को दशकको आफ्नो करिअर सुरु गरेका थिए । त्यसबेला बलिउडमा केही यस्ता फिल्महरु बनिरहेका थिए, जुन नाम चलेका कलाकारहरुले साइन गरिरहेका थिएनन् । उनीहरुले छाडेको फिल्ममा नयाँ कलाकारले काम गर्ने अवसर पाउँदथे । यिनै छाडेका फिल्म गरेर सुपरस्टार बनेका हुन्, शाहरुख खान ।

फिल्मीखबर, काठमाडौं, 2021-10-17, आईतवार
अभिनेत्री तथा तमिलनाडुकी दिवंगत पूर्व मुख्यमन्त्री जे. जयललिताको बायोपिक ‘थलाइवी’ गत महिना प्रदर्शनमा आइसकेको छ । फिल्ममा कंगना रनोटले जयललिताको भूमिका निर्वाह गरेकी छन् भने दिवंगत तमिल सुपरस्टार तथा पूर्व सीएम रामचन्द्रन एमजीआरको भूमिका अरविन्द स्वामीले निभाएका छन् । फिल्मले उनीहरुको प्रेम जीवनदेखि राजनीतिक जीवनसम्मलाई देखाएको छ ।

फिल्मीखबर, काठमाडौं, 2021-10-16, शनिवार
आज हामी तपाईंहरुलाई राजेश हमालको जीवनशैली र खानपिनको दैनिकीबारे जानकारी दिँदैछौं । हालै टेलिभिजन कार्यक्रमा ‘ग्ल्यामर गफ’ मा उनले आफ्नो जीवनशैलीको बारेमा बताएका छन् । प्रस्तुत छ राजेश हमालको भनाई जस्ताको त्यस्तै :-
Most Visited News (monthly)

