Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘डाँडाको बर पीपल’ गीत : सलोन गोठाले

फिल्मीखबर, काठमाण्डौ, 2021/10/11
 
असोज २६ गते (भोली) बाट देशव्यापी प्रदर्शनमा आउन लागेको शोभित बस्नेत निर्देशित फिल्म ‘डाँडाको बर पीपल’ को तेस्रो गीत सार्वजनिक गरिएको छ । ‘सालैको पातले’ बोलको गीतमा शिव मुखियाको स्वर तथा संगीत रहेको छ भने नवराज गिरीको शब्द छ । रामजी लामिछानेले कोरियोग्राफी गरेको गीतको भिडियोमा फिल्मका कलाकारहरु सलोन बस्नेत र रुविना थापा फिचर छन् । 
 
गीतमा सलोनलाई गोठोलेको रुपमा प्रस्तुत गरिएको छ । उनलाई डाँडा-पाखामा गाई-बाख्रा चराउँदै देख्न सकिन्छ । गीतमा दुःख गरे स्वदेशमै राम्रो कमाई गर्न सकिने भन्दै परदेश नजान पनि भनिएको छ । गीतका शब्दहरु निकै मनछुने छन् । यो गीतलाई फिल्ममा कथावाचनको रुपमा प्रयोग गरिएको निर्देशक बस्नेतले जानकारी दिए । नवराज गिरीले फिल्मको निर्माण गरेका हुन् ।  
 
यो फिल्ममा शिव श्रेष्ठ, भुवन केसी, गौरी मल्ल, अस्मिता जुरेली, हिउँवाला गौतम, उतम केसी, संगम भण्डारी, प्रभात पल, अस्मी थापा, प्रदीप गिरी, सुशान्तकुमार श्रेष्ठ लगायतको पनि अभिनय छ भने नवराज गिरीको कथा, रामकाजी घिमिरेको स्क्रिप्ट, सुशान्त प्रजापतिको छायांकन, रोशन श्रेष्ठको द्वन्द्व र मित्रदेव गुरुङको सम्पादन छ । फिल्मको कार्यकारी निर्माता सरस्वती गिरी हुन् ।
 

Most Visited News (monthly)