Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 6367 - 6372 of 23769
फिल्मीखबर, काठमाडौं, 2021-10-25, सोमवार

अभिनेत्री परमिता राणा लामो समयदेखि सफलताको खोजीमा छिन् । पहिलो फिल्म ‘चपली हाइट २’ होस् वा पछिल्लो फिल्म ‘कर्मा’, उनलाई कुनै फिल्मले सफलताको सुख दिन सकेका छैनन् । उनी फिल्मभन्दा ज्यादा प्रेम र ब्रेकअपका कारण मिडियाका लागि गसिपको पात्र बन्ने गरेकी छन् । बोल्ड नायिकाको छवि बनाएकी परमिता पहिलो पटक बलिउड फिल्ममा देखिँदैछिन् । 

एजेन्सी, मुम्बई, 2021-10-24, आईतवार

‘बाहुबली’ स्टार प्रभास शनिवारबाट ४२औं वर्षमा प्रवेश गरेका छन् । २३ अक्टोबर १९७९ मा भारतको चेन्नाईमा जन्मिएका उनले आफ्नो १९ वर्ष लामो फिल्मी करिअरमा कयौं सुपरहिट फिल्म दिएका छन् । ‘बाहुबली’ सिरिज उनको करिअरकै सबैभन्दा ब्लकबस्टर फिल्म हो । यही फिल्मबाट उनी संसारभरका दर्शकमाझ चिनिए । यी दुई फिल्मका लागि उनले ५ वर्ष खर्चेका थिए ।

फिल्मीखबर, काठमाडौं, 2021-10-24, आईतवार

तिहारपछि छायांकनमा निस्कन लागेको फिल्म ‘काँडेतार’ मा अभिनेत्री रेविका गुरुङको प्रवेश भएको छ । शनिवार निर्देशक तथा निर्माता नवल खड्काले उनीसँग कागजी सम्झौता गरेका हुन् । फिल्ममा उनको जोडी गौरव पहारीसँग बाँधिनेछ । दशैंअघि नै निर्देशक खड्काले गौरवलाई फिल्मका लागि मुख्य नायकमा अनुबन्ध गरेका थिए । फिल्ममा नवलको पनि अभिनय रहनेछ ।

फिल्मीखबर, काठमाण्डौ, 2021-10-24, आईतवार

फिल्म केले चल्छ ? स्टार कि कथाले ? ‘लुट’ पछि फेरिएको नेपाली फिल्मको सिनारियो हेर्ने हो भने फिल्म स्टारले चल्न छाडेको छ । अचेल कथा बलियो भएका फिल्मले मात्र सिनेमा हलसम्म दर्शक तानेका छन् । यही वास्तविकता बुझेर हुनुपर्छ अहिलेका चल्तीका स्टारहरुले पनि फिल्ममा कथा बलियो खोज्न थालेका छन् । नायक विपिन कार्की त यो मामलामा सबैभन्दा अगाडि छन् । 

फिल्मीखबर, काठमाण्डौ, 2021-10-24, आईतवार

नायक पल शाह र गायिका समीक्षा अधिकारी यतिबेला मिडियाका लागि गसिपको पात्र बनेका छन् । उनीहरुको सम्बन्धलाई लिएर मिडियामा लगातार गसिप बनिरहेको छ । यसबाट बच्न पल र समीक्षा केही समयदेखि मिडियाबाट भागिरहेका छन् । हालै एक राष्ट्रिय टेलिभिजन र अनलाइनले उनीहरुको सम्बन्धको बारेमा गोप्य कुरा कोट्याएपछि त्यसप्रति सबैको चासो बढेको छ ।

एजेन्सी, मुम्बई, 2021-10-23, शनिवार

बलिउडका दिग्गज कलाकार संजीव कुमार आज यो दुनियाँमा छैनन् तर उनको किस्सा आज पनि याद गरिन्छ । कमेडीदेखि रोमान्टिक, एक्सनदेखि गम्भीर हरेक प्रकारका भूमिकामा उनी फिट मानिन्थे । पर्दामा उनको अभिनय देखेर हरकोही उनका फ्यान हुन्थे । आफ्नो मुस्कानले युवतीहरुलाई दिवाना नै बनाएका थिए । आफ्नो करिअरमा उनले कयौं सफल फिल्म दिएका छन् ।

Results : 6367 - 6372 of 23769
Most Visited News (monthly)