
हिट सिरिज ‘कबड्डी’ को अन्तिम श्रृंखलाको छायांकन मुस्ताङबाट सुरु भएको छ । शुक्रवार दिउँसोसम्म फिल्मका कलाकार र प्राविधिकको टोली काठमाडौंबाट मुस्ताङ पुगेपछि सोही साँझ क्यामेरा ‘अन’ गरिएको हो । निर्देशक रामबाबु गुरुङले फिल्मको सम्पूर्ण छायांकन मुस्ताङको सेरोफेरोमा हुने जानकारी दिए । यसको अघिल्ला तीन सिरिजको छायांकन पनि यही भएको थियो ।

बलिउड सुपरस्टार शाहरुख खानका छोरा आर्यन खानसँग जोडिएको ड्रग्स मामलामा अब बलिउड अभिनेता चंकी पान्डेकी छोरी तथा अभिनेत्री अनन्या पान्डेको नाम पनि जोडिएको छ । उनलाई शुक्रवार फेरि नारकोटिक्स कन्ट्रोल ब्यूरोले सोधपुछ गर्दैछ । यसबीच, अनन्या र आर्यनबीच भएको च्याटको खुलासा भएको छ, जसमा उनीहरुले ड्रग्सको विषयमा कुराकानी गरेका छन् ।

विराज भट्टलाई नेपाली फिल्ममा एक्सनमा नयाँ ट्रेन्ड भित्राउने नायकको रुपमा चिनिन्छ । उनको एक्सन गर्ने शैली नेपालका अन्य नायकभन्दा पृथक छ । यसकारण पनि उनले आफ्नो करिअरमा प्रायः एक्सन फिल्ममै काम गरे र दर्शकमा ‘एक्सन हिरो’ को छवि बनाए । एक समय एक्सन फिल्ममा उनी एकछत्र छाएका थिए । उनको अनुहार पोस्टरमा राखेकै भरमा निर्माता मालामाल हुन्थे ।

डेढ दशक अगाडिको सुपरहिट फिल्म ‘पर्खि बसेँ’ बाट अभिनेत्रीको रुपमा सानदार डेब्यू गरेकी युना उप्रेती त्यसपछि करीब ७ वर्षसम्म अभिनयमै सक्रिय रहिन् । पहिलो फिल्मको सफलतापछि उनलाई फिल्मको कमी नै भएन । यो बीचमा उनले ‘हिम्मत २, चन्द्रावती, सम्झिदिए पुग्छ, दिलमा सजाएँ तिमीलाई, फ्ल्यासब्याक, लावारिस’ लगायतका फिल्ममा आफ्नो अभिनय देखाइन् ।

शोभित बस्नेत निर्देशित मल्टीस्टारर फिल्म ‘डाँडाको बर पीपल’ यतिबेला सिनेमा घरमा दोस्रो हप्तामा प्रदर्शनरत छ । तर, फिल्मले दर्शकको गतिलो साथ पाउन सकेको छैन । जिब्रो नचपाइ भन्ने हो भने फिल्म पत्तासाफ भइसकेको छ । तर, फिल्म नचलेकोमा निर्मातालाई कुनै चिन्ता छैन । किनकि, यो फिल्म सिनेमा हलका लागि नभइ डिजिटल प्लेटफर्ममा रिलिज गर्न बनाइएको थियो ।

साउथ सुपरस्टार महेश बाबू र उनकी श्रीमती नम्रता शिरोडकरको प्रेमकथा कुनै फिल्मको कथाभन्दा कम रोचक छैन । २००५ फेब्रअरी १० मा उनीहरुले सँगै बाँच्ने सँगै मर्ने कसम खाएका थिए । अर्थात् विवाह बन्धनमा बाँधिएका थिए । उनीहरु साउथ इन्डस्ट्रीको 'आदर्श' जोडी हुन् । उनीहरुको लभस्टोरी निकै रोचक छ । पहिलो भेटमा नै नम्रताको प्रेममा डुबेका थिए, महेश बाबू ।

