हिन्दूको महान् चाडको रूपमा मनाइने दसैं र तिहारपछिको अर्को चाड छठ पर्व आज तराई लगायतका क्षेत्रमा मनाइँदै छ । आज बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिएर पूजापाठ गरिएको छ भने भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पूजा सकिन्छ । नेपालका विभिन्न ठाउँका नदी, खोला, पोखरी र जलाशयहरुमा छठ पूजा गर्नेहरुको ठूलो भीड लागेको छ ।
(2).jpg)
पछिल्लो समय विभिन्न समुदायका धर्मालम्बीहरुले पनि छठ पूजा मनाउने गरेको पाइन्छ । नेपालका चलेका केही कलाकारहरुले दशैं-तिहारझैँ छठ पर्वलाई पनि उतिक्कै श्रद्धा, आस्था र निष्ठाका साथ मनाउने गरेका छन् । अभिनेत्री रेखा थापाले हरेक वर्ष छठ पर्वको मुख्य दिन साँझको अस्ताउँदो सूर्य र बिहानको उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठीमाताको पूजा अर्चना गर्दै आएकी छन् ।
यसपाली पनि उनले गुह्येश्वरीस्थित वाग्मती किनारमा बुधवार साँझ अन्य व्रतालुको साथमा छठ पूजा गरेकी छन् । काठमाडौंमा बस्न थालेदेखि उनले आफू बस्ने अपार्टमेन्ट नजिकैको वाग्मती किनारमा गएर छठ पूजा गर्न टुटाएकी छैनन् । भोली उदाउँदो सूर्यलाई अर्घ्य दिएर उनले छठ पूजा सम्पन्न गर्नेछिन् । छठको व्रतमा सूर्यसँग कुनै चिजको भाकल गरे पूरा हुने धार्मिक विश्वास रहेको छ ।
.jpg)
(1).jpg)
तस्विरहरु : रेखा थापाको फेसबुकबाट

