Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

टिकटक विरोधी वर्षाको फेरियो बोली

फिल्मीखबर, काठमाण्डौ, 2021/11/11
barsha siwakoti
 
नेपाली कलाकारहरुले छेपारोले रंग फेरेभन्दा पनि चाँडो बोली फेर्ने गरेका छन् । आज बोलेको कुरा भोलीपल्टै आफूले त्यो बोलेकै छैन भन्दै अरुलाई गलत बनाउन उनीहरु हर सीमा नाघ्न तयार हुन्छन् । यसैले त भनिन्छ, ‘कलाकारको बोलीमा भर र विश्वास गर्नु भएको आफैं मुर्ख हुनु हो ।’ न उनीहरु आफूले बोलेको कुरामा थिर भएर बस्न सक्छन् न त बोलेको कुरा व्यवहारमै लागू गर्छन् ।
 
करीब दुई वर्ष अगाडि अभिनेत्री वर्षा सिवाकोेटीले नेपालमा लोकप्रिय बन्दै गएको टिकटक एपले कलाकारको भ्यालू घटाएको र यसलाई नेपालमा बन्द गर्नुपर्ने माग उठाएकी थिइन् । ठूलो पर्दामा देखिने कलाकारहरु टिकटकमा झुन्डिएर आफूलाई सस्तो बनाउन नहुने उनको तर्क थियो । तर, कुनै बेला टिकटकको विरोध गर्ने वर्षा आजभोली आफैं टिकटकमा रमाउने गरेकी छन् । 
 
कोरोना महामारीको समयमा घरभित्रै सीमित हुँँदा उनको टिकटकमा सक्रियता बढेको हो । अरु कलाकारलाई टिकटक बनाएर सस्तो नहुन अर्ति-उपदेश दिने वर्षा अहिले आफैं टिकटकमा झुन्डिन थालेपछि उनको बोली पनि फेरिएको छ । उनी हालै एक टिकटक प्रतिस्पर्धाको निर्णायक समेत बनेकी छन् । समयसँगै टिकटकप्रति आफ्नो धारणा परिवर्तन भएको उनको भनाई छ । 
 
बुधवार उक्त टिकटक प्रतिस्पर्धाको घोषणा कार्यक्रममा उनले भनिन्, ‘हाम्रो कामहरु दर्शकहरुले हलमा गाएर हेर्दा कलाकारको भ्यालू बढ्छ । त्यही भएर मैले टिकटक नै नचलाउने भन्दा पनि कलाकारहरु रिर्जभ हुनुपर्छ भन्ने त्यो बेलाको सोच थियो । तर, समयअनुसार सबै कुरा परिवर्तन हुन्छ । अहिले हरेक कुराको प्रमोशन टिकटकबाट गरिन्छ । त्यसैले समय अनुसार चल्नै पर्छ ।’
Most Visited News (monthly)