Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

माघ १९ मा आउने भयो ‘म यस्तो गीत गाउँछु २’

फिल्मीखबर, काठमाडौं, 2021/11/11
paul shah and pooja sharma
 
दिपावलीमा रिलिज भएको बलिउड फिल्म ‘सूर्यवंसी’ ले हलमा दर्शक फर्काएपछि नेपाली निर्माताहरुबीच आफ्नो फिल्मको प्रदर्शन मिति घोषणा गर्न हानाथाप सुरु भएको छ । यसैक्रममा कोरोनाका कारण रिलिज हुन नपाएको अभिनेता पल शाह र अभिनेत्री पूजा शर्मा अभिनीत फिल्म ‘म यस्तो गीत गाउँछु २’ ले आउँदो माघ १९ गते (सोनाम ल्छोहार) लाई प्रदर्शन मिति घोषणा गरेको छ ।
 
फिल्मको प्रदर्शन मिति घोषणा गर्दै निर्देशक सुदर्शन थापाले फेसबुकमा लेखेका छन्, ‘कुनै एक फिल्ममा मात्र नभइ पुरै नेपाली फिल्म क्षेत्र नै चलायमान हुनु अहिलेको आवश्यकता हो । सोही उद्देश्यका साथ नेपाली फिल्म ‘म यस्तो गीत गाउँछु २’ यहि वर्षको माघ १९ प्रदर्शन गरिने निर्णय गरेको छौं ।’ यसअघि २०७६ को फागुन ३० गतेलाई फिल्मको प्रदर्शन मिति घोषणा गरिएको थियो ।
 
फिल्ममा पल र पूजाका अलावा हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, सोनिका रोकायलगायतका कलाकारहरुको अभिनय छ । शिवम अधिकारी र दिनेश न्यौपानेले फिल्मको कथा लेखेका हुन् । पूजा र सुदर्शनले मिलेर निर्माण गरेको फिल्मको सह-निर्माता जन्मजय साम्पाङ राई हुन् । फिल्ममा बनिष शाह र मिलन श्रेष्ठको सम्पादन र सौरभ लामाको छायांकन रहेको छ ।
 
माघ १९ गते प्रदर्शनमा आउँदा यो फिल्मले प्रदर्शनको पहिलो हप्ता नै तीनवटा सार्वजनिक विदा भेट्नेछ । रिलिजकै दिन सोनाम ल्छोहार, २२ गते शनिवार र २३ गते सरस्वती पूजाको विदा छ । अरु दिनभन्दा सार्वजनिक विदामा फिल्मको व्यापार राम्रो हुने गरेको छ । यसैले निर्माण टिमले माघ १९ गते रोजेको हो । यो फिल्मलाई दर्शकले लामो समयदेखि व्यग्र प्रतिक्षा गरिरहेका छन् ।
Most Visited News (monthly)