Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

टिकटकमा आउँदैमा कलाकारको भ्यालू घट्छ भन्ने मान्दिनँ : गौरी मल्ल

फिल्मीखबर, काठमाण्डौ, 2021/11/12
gauri malla
 
नेपालीहरुमाझ निकै लोकप्रिय बनेको टिकटकप्रति कलाकारहरुको आकर्षण पनि बढ्दो छ । पूजा शर्मा, आकाश श्रेष्ठ, पल शाह, आँचल शर्मा, वर्षा सिवाकोटी, करिश्मा मानन्धर, प्रियंका कार्की, वर्षा राउत लगायतका कलाकारहरु टिकटकमा निकै सक्रिय रहने गरेका छन् । लकडाउनको समयमा त आम मानिसझैँ सेलिब्रेटीहरुको समेत दिन काट्ने साथी टिकटक एप बनेको थियो । 
 
तर, पछिल्लो समय टिकटकले कलाकारलाई सस्तो बनाएको टिप्पणी हुँदै आएको छ । पैसा तिरेर हलमा हेरिने कलाकारहरुलाई दिनहुँ सित्तैमा घरमा बसेर टिकटकमा हेर्न पाएपछि दर्शक किन त्यो कलाकारको फिल्म हेर्नका लागि हलसम्म जान्छन् भन्ने प्रश्न यतिबेला सर्वत्र उठेको छ । कतिपय भने टिकटकले गर्दा कलाकारलाई दर्शकसँग जोडिन सजिलो भएको तर्क राख्ने गरेका छन् । 
 
अघिल्लो पुस्ताकी चर्चित अभिनेत्री गौरी मल्ल टिकटकमा आउँदैमा कलाकारको भ्यालू घट्छ भन्ने मान्न तयार नभएको बताउँछिन् । बुधवार एक कार्यक्रममा उनले भनिन्, ‘मैले टिकटकलाई कसरी प्रयोग गरिरहेको छु, त्यसमा पनि भर पर्छ । मबाट दर्शकले कस्तो खालको प्रस्तुती हेर्न चाहन्छन् त्यो अनुरुप जान सकेँ भने मेरो भ्यालू अर्कै हुन्छ । तर, टिकटकमै आउन हुँदैन भन्ने पक्षमा म छैन ।’
 
फिल्म ‘सम्हालिन्छ कहिले मन’ को यूकेमा छायांकनको समयमा आफूले टिकटक एकाउन्ट खोलेको उनले बताइन् । पूजा शर्माले बनाएको हेरेपछि रमाइलो लागेर टिकटक बनाउन थालेकी उनी टिकटक हेर्दा र बनाउँदा आनन्द महशुस हुने बताउँछिन् । राम्रो तरिकाले आफ्ना गतिविधि र विचार राख्ने माध्यमको रुपमा प्रयोग गरे टिकटकले कलाकारको भ्यालू नघटाउने उनको भनाई छ ।
Most Visited News (monthly)