Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फागुन २७ मा ‘सम्हालिन्छ कहिले मन’ रिलिज हुने

फिल्मीखबर, काठमाण्डौ, 2021/11/12
 
सुदर्शन थापा निर्देशित फिल्म ‘सम्हालिन्छ कहिले मन’ को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माण टिमले शुक्रवार एक पोस्टर सार्वजनिक गर्दै आउँदो फागुन २७ गतेबाट फिल्म प्रदर्शनमा आउने जानकारी गरायो । बेलायतमा ४५ दिनसम्म छायांकन भएको फिल्मको गत फागुनमा दुबईमा एक गीत र केही सिनहरु खिचिएको थियो । फिल्म त्रिकोणात्मक प्रेमकथामा आधारित छ ।
 
एबी इन्टरनेशलको ब्यानरमा निर्माण भएको फिल्ममा पूजा शर्मा, आकाश श्रेष्ठ, गौरी मल्ल, सरोज खनाल, धिरेन शाक्य लगायतका कलाकारहरुको अभिनय रहेको छ । यो फिल्मबाट नायकको रुपमा सोनम तोप्देनले डेब्यू गर्दैछन् । भारतीय मुलका उनी गायक समेत हुन् । सोनम तिब्बतमा बस्दै आएका छन् । सौरभ लामाको छायांकन रहेको फिल्मको कथा महेश दवाडीले लेखेका हुन् । 
 
अर्जुन पोखरेल र ताराप्रकाश लिम्बुको संगीत, कविराज गहतराजको कोरियोग्राफी रहेको फिल्मको निर्मातामा अमित बस्नेत, सह-निर्मातामा परी राना र अजितकुमार थापा र कार्यकारी निर्मातामा सनिस खकुरेल र अंकित गौतम छन् । तिहारमा रिलिज भएको बलिउड फिल्म ‘सूर्यवंशी’ ले हलमा दर्शक फर्काएसँगै नेपाली निर्माताहरुले धमाधम फिल्मको रिलिज डेट घोषणा गरिरहेका छन् ।
Most Visited News (monthly)