Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सरोगेसीबाट दुई सन्तानकी आमा बनिन् प्रीति

एजेन्सी, मुम्बई, 2021/11/18
preity zinta
 
बलिउड अभिनेत्री प्रीति जिन्टा दुई सन्तानकी आमा बनेकी छन् । उनको घरमा सरोगेसीको माध्यमबाट जुम्ल्याहा बच्चाको जन्म भएको हो । प्रीतिले सोसल मिडियामा आफू आमा बनेकोमा खुसी व्यक्त गरेकी छन् । उनले लेखेकी छन्, ‘हामी हाम्रा जुम्ल्याहा बच्चा जय जिन्टा गुडइनफ र जिया जिन्टा गुडइनफलाई परिवारमा स्वागत गर्दछौं । आज हाम्रो दिल आभार र प्रेमले भरिएको छ ।’
 
प्रीति जिन्टा अगाडि लेख्छिन्, ‘हामी जिन्दगीको नयाँ यात्रालाई लिएर निकै उत्साहित छौं । म डाक्टर, नर्सलाई हाम्रो सरोगेटको यो सुन्दर यात्राका लागि धन्यवाद दिन चाहन्छु । सबैलाई धेरै माया ।’ प्रीतले आफूभन्दा १० वर्ष कान्छा अमेरिकन नागरिक जेन गुडइनफसँग २९ फेबअरी २०१६ मा लस एन्जिलसमा विवाह गरेकी थिइन् । विवाहअघि उनीहरु लामो समय प्रेम सम्बन्धमा थिए ।
 
कयौं बलिउड फिल्ममा जीवन्त अभिनय गरेकी प्रीतिले सन् १९९८ मा आएको फिल्म ‘दिल से’ बाट बलिउडमा डेब्यू गरेकी थिइन् । उनी अन्तिम पटक सन् २०१८ मा आएको फिल्म ‘भैयाजी सुपरहिट’ मा देखिएकी थिइन् । उनी अभिनीत ‘वीर जारा, कोई मिल गया, चोरी चोरी चुपके चुपके, क्या केहना, सोल्जर’ जस्ता फिल्म यादगार छन् । विवाहपछि उनी अभिनयमा खासै सक्रिय छैनन् ।
Most Visited News (monthly)