Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पल शाहले साइन गरे नयाँ फिल्म

फिल्मीखबर, काठमाडौं, 2021/11/19
paul shah
 
कोरोनाका कारण करीब २ वर्ष ठप्प रहेको नेपाली फिल्म क्षेत्र संक्रमण मत्थर हुँदै गएसँगै चलायमान हुन थालेको छ । तिहारमा रिलिज भएको बलिउड फिल्म ‘सूर्यवंशी’ ले हलमा दर्शक फर्काएपछि नेपाली निर्माताहरु फिल्मको रिलिज डेट घोषणा गर्न अगाडि सरेका छन् भने धेरै निर्माताहरु फिल्म निर्माण गर्न तम्सिएका छन् । कलाकारहरुले पनि नयाँ-नयाँ फिल्म साइन गरिरहेका छन् ।
 
यसबीच, अभिनेता पल शाह नयाँ फिल्ममा अनुबन्ध भएका छन् । लकडाउनमा दुई फिल्म ‘हुतुतु र सत्यम्’ साइन गरेका उनले बिहीवार करण सिंहले बनाउन लागेको फिल्ममा काम गर्ने सम्झौता गरेका हुन् । कथाको मागअनुसार नै फिल्ममा पललाई अनुबन्ध गरेको निर्माता सिंहले जानकारी दिए । पलले पनि फिल्मको कथावस्तु र आफ्नो चरित्र मन परेकाले काम गर्न राजी भएको बताए ।
 
फिल्मको लागि नायिका र अन्य कलाकार तथा प्राविधिक टोलीको छनोट कार्य भइरहेको निर्माता सिंहको भनाई छ । आउँदो माघ अन्तिमबाट छायांकनमा निस्कने फिल्मको डिजिटल राइट्स डिआर मुभिजले महंगो रकम तिरेर खरिद गरेको छ । फिल्मको नाम केही दिनमा एक कार्यक्रमका बीच सार्वजनिक गर्ने निर्माण टिमको तयारी छ । फिल्म पूर्णतया लभस्टोरी कथामा आधारित हुनेछ ।
 
पल यही मंसिर दोस्रो साताबाट फिल्म ‘सत्यम्’ को छायांकनमा व्यस्त हुँदैछन् । यसपछि उनले फिल्म ‘हुतुतु’ लाई समय  दिएको जानकारी प्राप्त छ । यो फिल्मको छायांकन माघ अन्तिमबाट सुरु गर्ने तयारी निर्माता सन्तोष सेनको छ । करण सिंहको फिल्मलाई पलले ‘हुतुतु’ पछि समय दिन सक्नेछन् । उनी अभिनीत फिल्म ‘म यस्तो गाीत गाउँछु २’ माघ १९ गतेबाट प्रदर्शनमा आउँदैछ ।
Most Visited News (monthly)