Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘केजीएफ २’ सँग भिड्ने भयो ‘लाल सिंह चड्ढा’

एजेन्सी, मुम्बई, 2021/11/20
Aamir Khan's Laal Singh Chaddha secures new release date, to clash with  Yash starrer KGF 2 | Entertainment News,The Indian Express
 
आउँदो वर्ष २०२२ मा भारतका दुई ठूला फिल्म एकै मितिमा भिड्ने भएका छन् । २०२२ को अप्रिल १४ (नेपाली नयाँ वर्ष बैशाख १) मा बलिउडको बहुप्रतिक्षीत फिल्म ‘लाल सिंह चड्ढा’ र साउथको ‘केजीएफ २’ बक्सअफिसमा एकअर्कासँग भिड्न लागेका हुन् । ट्रेड एनालिस्ट तरण आदर्शले यी दुई फिल्मको भिडन्त २०२२ को सबैभन्दा ठूलो हुने सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।
 
आमिर खान प्रोडक्सनले शनिवार ‘लाल सिंह चड्ढा’ को एक रोमान्टिक पोस्टर सार्वजनिक गर्दै २०२२ को अप्रिल १४ लाई प्रदर्शन मिति घोषणा गरेको हो । यसअघि यो फिल्म भ्यालेन्टाइन डेको अवसर पारेर ११ फेब्रअरीमा प्रदर्शनमा आउने तयारीमा थियो । तर, अब फिल्मको रिलिज २ महिना पछाडि धकलिएको छ । सार्वजनिक पोस्टरमा आमिर खान र करीना कपूरलाई देख्न सकिन्छ ।
 
फिल्म ‘लाल सिंह चड्ढा’ सन् १९९४ मा आएको हलिउड फिल्म ‘फरेस्ट गम्प’ को हिन्दी रिमेक हो । ओरिजिनल फिल्ममा मुख्य पात्र फरेस्टको दिमाग कम काम गर्छ तर उसले सफलता प्राप्त गर्छ र ऐतिहासिक पुरुष बन्छ । अद्वैत चन्दन निर्देशित ‘लाल सिंह चड्ढा’ मा प्रीतमको संगीत र अमिताभ भट्टाचार्यको शब्द रहेको छ । ‘थ्री इड‍ियट्स’ पछि आमिर र करीनाले एकसाथ काम गरेका हुन् ।
 

Most Visited News (monthly)