Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

यूट्युबमा ‘लम्फू’, दर्शकले भने- ‘मनछुने फिल्म’

फिल्मीखबर, काठमाडौं, 2021/11/21
Salon Basnet And Kabir Khadka
 
२०७५ सालमा सिनेमा घरमा प्रदर्शनमा आएको फिल्म ‘लम्फू’ करीब चार वर्षपछि यूट्युबमा सार्वजनिक भएको छ । यसै साता हाइलाइट्स नेपालको यूट्युब च्यानलमा सार्वजनिक भएको फिल्मले उत्कृष्ट प्रतिक्रियासहित यूट्युबको ट्रेन्डिङ यात्रा सुरु गरेको छ । दुई दिनदेखि फिल्मले यूट्युब ट्रेन्डिङको दोस्रो स्थानमा आफूलाई सुरक्षित राखेको छ । पहिलो नम्बरमा भने फिल्म ‘यात्रा’ छ ।
 
तीन दिनमा झन्डै ९ लाखको आसपास भ्यूज बटुल्न सफल ‘लम्फू’ लाई २० हजार बढीले लाइक गरेका छन् । यूट्युबको कमेन्ट बक्स हेर्ने हो भने फिल्मलाई ९० प्रतिशत सकारात्मक प्रतिक्रिया प्राप्त छ । कतिले फिल्म ‘मनछुने’ भन्दै तारिफको पुल बाँधेका छन् भने कतिले कथावस्तु र कलाकारको अभिनयको प्रशंसा गरेका छन् । सिनेमा हलमा पनि फिल्मलाई दर्शकले मन पराएका थिए । 
 
कबिर खड्का, मरिश्का पोखरेल, सलोन बस्नेत, चाँदनी शर्मा, सञ्जित भण्डारी, कुशाग्र भट्टराई (बाल कलाकार), आयन खड्का, ओम गुरुङ्ग, अजित लामिछाने, सन्तोष कार्की, कुशल गुरुंग, काजोल, रश्मी भट्ट, जानुका पौडेल, पुष्प आचार्य, झलक कार्की, थमन सिंह पुर्जा लगायतको अभिनय रहेको फिल्मलाई पपुलर मल्टिमीडियाको लागि शक्तिबल्दभ घोरासैनीले निर्माण गरेका हुन् । 
 
गोपालचन्द्र लामिछाने निर्देशित फिल्ममा एक समय तरकारीवालीको नामले संसारभर प्रख्यात कुशुम श्रेष्ठको पनि अभिनय रहेको छ । यो फिल्ममा एक युवाको जीवनमा आईपर्ने विभिन्न उतारचढावको कथालाई पेश गरिएको छ । यूट्युबमा फिल्मलाई प्राप्त सकारात्मक प्रतिक्रियाहरुले हौसला बढाएको निर्माता घोरासैनीले बताए । उनी चाँडै नयाँ फिल्म निर्माण गर्ने तयारीमा रहेका छन् ।
 

Most Visited News (monthly)