Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

कलाकारको स्टारडमले फिल्म चल्दैन : स्वस्तिमा खड्का

फिल्मीखबर, काठमाडौं, 2021/11/20
Swastima Khadka
 
अभिनेत्री स्वस्तिमा खड्का अभिनीत नयाँ फिल्म ‘चपली हाइट ३’ आगामी पुष २ गतेबाट देशभर प्रदर्शनमा आउँदैछ । निर्माण सकिएको दुई वर्षपछि प्रदर्शनमा आउन लागेको यो फिल्ममाथि धेरैको आशा अडिएको छ । तिहारमा रिलिज भएको बलिउड फिल्म सुर्यवंशी’ ले सिनेमा हलमा दर्शक फर्काएपछि नेपाली फिल्म हेर्न पनि दर्शक हलसम्म आउने फिल्मकर्मीहरुको अपेक्षा छ ।
 
स्वस्तिमाको स्टारडमले ‘चपली हाइट ३’ हेर्न दर्शकलाई सिनेमा हलसम्म तान्न सक्ने विश्लेषण पनि कतिपयले गरेका छन् । उनी भने कलाकारको स्टारडमले फिल्म चल्छ भन्ने मान्न तयार छैनन् । शुक्रवार फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा उनले भनिन्, ‘फिल्म चल्यो भने म खत्रा वा ‘चपली हाइट’ चल्यो भने ब्रान्ड खत्रा भन्ने हुँदैन । फिल्म चल्नका लागि फिल्म आफैंमा राम्रो हुनुपर्छ ।’
 
हिट फिल्मको सिक्वेल भए पनि फिल्म राम्रो बनेको छैन भने नचल्ने उनको तर्क छ । महामारी सामान्य भएर लकडाउन खुलेपछि ‘चपली हाइट ३’ रिलिज गर्ने रिक्स लिएको बताउँदै उनले फिल्म राम्रो बनेकाले दर्शकहरुलाई मनपर्ने बताइन् । फिल्म रिलिजको बेला कलाकारले प्रेसर लिन नहुने पनि उनी बताउँछिन् । आफूले फिल्म रिलिजको बेला कहिल्यै प्रेसर नलिएको उनको भनाई छ ।
 
‘कमर्शियल र आर्ट’ दुबै खालका फिल्ममा जोडदार उपस्थिति जनाइसकेकी स्वस्तिमा खड्का फिल्ममा आफ्नो एउटै प्रकारको छवि नबनोस् भन्ने चाहन्छिन् । ‘बुलबुल’ हेरेर टेम्पो ड्राइभर वा ‘छक्का पञ्जा’ हेरेर कमेडी भूमिकामा फिट हुने रैछ भन्दा पनि सबै प्रकारका भूमिकामा फिट हुने छवि बनाउन मन छ । एउटा मात्र छवि बनाउँदा कलाकारलाई फाइदा पनि हुँदैन,’ उनले भनिन् ।
 

Most Visited News (monthly)