Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

स्वस्तिमाको ‘चपली हाइट ३’ ट्रेलर रिलिज

फिल्मीखबर, काठमाडौं, 2021/11/19
chapali hight 3
 
निकेश खड्का निर्देशित फिल्म ‘चपली हाइट ३’ को ट्रेलर सार्वजनिक भएको छ । शुक्रवार (आज) राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलर सस्पेन्स र थ्रिलर शैलीमा तयार पारिएको छ । २ मिनेट ३६ सेकेण्डको ट्रेलरमा फिल्मका अधिकांश कलाकारलाई स्थान दिइएको छ । ट्रेलरमा ब्याकग्राउन्ड स्कोर स्तरीय छ । आगामी पुस २ गतेबाट फिल्म प्रदर्शनमा आउँदैछ । 
 
अर्जुन कुमारको निर्माण रहेको फिल्ममा स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट, महेश त्रिपाठी, अर्पण थापा, तीकमान श्रेष्ठ, दीपाश्री निरौला, लक्ष्मी बर्देवा, लोकेन्द्र लेखक, विशाल पहारी, जीवन भट्टराई, सुष्मा निरौला लगायतका कलाकारहरुको अभिनय रहेको छ । नरेन्द्र महर्जन र हेमन्त धामी कार्यकारी निर्माता रहेको फिल्मको कथा तथा संवाद आकाश बरालले लेखेका हुन् ।
 
डिपी खनालको शब्द रचना, सुभाष भुषाल र अर्जुन कुमारको संगीत, अष्ट महर्जनको द्वन्द्व निर्देशक, उत्तम न्यौपानेको साउन्ड डिजाइन, दिर्घ खड्काको सम्पादन र पुरुषोत्तम प्रधानको छायांकन रहेको ‘चपली हाइट ३’ क्राइम-थ्रिलर जनरामा निर्माण भएको हो । अभिनेत्री स्वस्तिमा खड्काले पहिलो पटक आफूले फरक जनराको फिल्ममा काम गरेकाले नयाँ अनुभूति भएको बताइन् । 
 

Most Visited News (monthly)