Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

नेपाली फिल्म चलाउन विदेशी फिल्मको साहरा लिनुपर्दा दुःख लाग्छ : स्वस्तिमा खड्का

फिल्मीखबर, काठमाण्डौ, 2021/11/22
swastima khadka
 
कोरोना महामारीका कारण करीब २ वर्ष बन्द भएर दशैंबाट खुलेका सिनेमा हलमा अझै गतिलो नेपाली फिल्म लाग्न सकेको छैन । दशैं र तिहार जस्तो चाडमा समेत आशातित फिल्म रिलिज हुन सकेनन् । तिहारमा रिलिज भएको बलिउड फिल्म ‘सूर्यवंशी’ ले हलमा दर्शक फर्काएपछि भने यतिबेला नेपाली निर्माताहरु आफ्नो फिल्मको प्रदर्शन मिति घोषणा गर्न हानाथाप गरिरहेका छन् । 
 
महामारीअघि विदेशी फिल्मको विरोध गर्नेहरु अहिले विदेशी फिल्मले माहोल बनाइदिएकोमा दंग छन् । तर, नेपाली फिल्म रिलिज गर्न विदेशी फिल्म कुर्नुपरेको देख्दा अभिनेत्री स्वस्तिमा खड्का भने खुसी छैनन् । शुक्रवार एक कार्यक्रममा उनले भनिन्, ‘विदेशी फिल्मसँग जुध्दा पनि हामी खुसी नहुने अनि नेपाली फिल्म रिलिज गर्न पनि विदेशी फिल्म कुनुपरेको देख्दा नराम्रो लाग्ने रहेछ ।’ 
 
तर, निर्माताको नजरबाट हेर्दा उनलाई विदेशी फिल्मको साहरामा नेपाली फिल्म चलाउनु ठिकै हो भन्ने लाग्छ । स्वस्तिमा अगाडि भन्छिन्, ‘फिल्ममा निकै ठूलो लगानी हुन्छ । भोली म आफैंले फिल्म बनाएँ भने पनि रिलिज गर्नुअघि दुईपटक सोच्छु होला । फिल्म रिलिज भइसकेपछि फेरि चलाउँछु भनेर हुँदैन । त्यसैले फिल्म रिलिज गर्नुअघि कलाकारले निर्माताको नजरबाट पनि सोच्नु पर्छ ।’  
 
उनले आफूलाई एक्सन फिल्ममा अभिनय गर्ने इच्छा रहेको पनि बताइन् । तर, यसका लागि शारीरिक रुपमा धेरै मिहिनेत गर्नुपर्ने भएकाले राम्रो स्क्रिप्टबाट अफर आए त्यो चुनौती मोल्न तयार हुने उनको भनाई छ । लगालग हिट फिल्मको सिक्वेल (नाईं नभन्नू ल ५, छक्का पञ्जा २ र चपली हाइट ३) मा काम गरिरहेकी स्वस्तिमाले आफूले चाहेर भने सिक्वेलमा काम नगरेको स्पष्ट पारेकी छन् ।
Most Visited News (monthly)