Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सलमानको ‘अन्तिम’ बक्सअफिसमा कमजोर

एजेन्सी, मुम्बई, 2021/11/30
salman khan
 
सुपरस्टार सलमान खानलाई बलिउडको हिट मेशिन भन्ने गरिन्छ । विगत केही वर्षयता उनले एकसेएक सुपरहिट फिल्म दिएका छन् । ‘बडिगार्ड, वान्टेड, दबंग, बजरंगी भाइजान, सुल्तान, टाइगर’ जस्ता फिल्मले उनको स्टारडम उत्कर्षमा पुर्‍याएको थियो । तर, ‘ट्यूवलाइट, दबंग ३, राधे, भारत’ जस्ता कमजोर फिल्मले उनको स्टारडम पनि कमजोर बनेको कतिपयको विश्लेषण छ । 
 
सलमान अभिनीत नयाँ फिल्म ‘अन्तिम’ को कमजोर ओपनिङले पनि उनीप्रति दर्शकको विश्वास गुम्दै गएको देखिन्छ । यो फिल्मले पहिलो दिन जम्मा ५ करोड ३ लाख कमाएको छ । सलमानको स्टारडमको तुलनामा फिल्मको ओपनिङ अत्यन्त कमजोर हो । यस्तै, फिल्मले दोस्रो दिन ६ करोड ३ लाख, तेस्रो दिन ७ करोड ५५ लाख र चौथो दिन ३ करोड २४ लाखको कमाई गरेको छ ।
 
फिल्मले चार दिनमा २१ करोड ८५ लाख कमाएको ट्रेड एनालिस्ट तरण आदर्शले जानकारी दिएका छन् । शनिवार र आइतवार केही राम्रो कमाई गरेको फिल्मको सोमवारबाट व्यापारमा गिरावट आउन थालेको छ । यद्यपि, फिल्मलाई भने समीक्षकबाट उत्कृृष्ट प्रतिक्रिया मिलेको छ । महेश मान्जरेकर निर्देशित यस फिल्ममा आयुष शर्मा र महिमा मकवानाको पनि मुख्य भूमिका रहेको छ । 
 

Most Visited News (monthly)