मिति : २०८१ वैशाख १७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कलाकारको नाममा राजनीतिक दलले लुटेको छ : तीर्थ थापा

फिल्मीखबर, काठमाण्डौ, 2021/11/30
नेपालको दोस्रो ठूलो राजनीतिक पार्टी नेपाली कांग्रेसको यही मंसिर २४ गतेदेखि सुरु हुन लागेको चौथौं राष्ट्रिय महाधिवेशनका लागि कांग्रेस निकट फिल्मकर्मीहरुले पनि उम्मेदवारी घोषणा गर्न थालेका छन् । यसैक्रममा, फिल्म निर्देशक तीर्थ बहादुर थापाले कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएका छन् । मंगलवार (आज) एक कार्यक्रमका बीच उनले उम्मेदवारी घोषणा गरे ।
 
नेपाल सांस्कृतिक संघको केन्द्रीय सभापति समेत रहेका थापाले संस्कृतिकर्मी, कवि, कलाकार, नृत्यकार, चित्रकार, संंगीतकर्मी, गायक, लेखक लगायतलाई राज्यले दोस्रो दर्जाको नागरिकको रुपमा अवमुल्यन गरेकाले आफूले यिनलाई राज्यको प्रथम नागरिक सरह, सांसदमा समेत उपस्थिति गराउन, सम्मान, सुरक्षा र पहिचान प्रदान गर्न केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेको बताए । 
 
Tirtha Thapa
 
उनले भने- ‘हामी कलाकर्मीले राजनीति गर्नु हुँदैन । हाम्रा हक-अधिकारका लागि बोल्नु हुँदैन । हामी राष्ट्रका गहना हौं भन्दा भन्दै आज जुग वितेको छ । मैले यो क्षेत्रमा ५० वर्ष विताएँ । यहाँभित्रका व्यथा र कठिनाईहरु वास्तवमै दर्दनाक छन् । कलाकर्मीको बारेमा सुन्दा र हेर्दा जति राम्रो देखिन्छ, वास्तवममा त्यो छैन । हामीलाई न राज्य न त कुनै राजनीतिक दलले नै साथ दिएको छ ।’ 
 
आफू १५ वर्षसम्म सांस्कृति संघको सभापति भएर बसे पनि पार्टीले उचित स्थान दिन नसकेको उनको गुनासो छ । ‘पार्टीभित्र मात्र होइन, राज्यका कुनै तह-तप्कामा समेत हाम्रो प्रतिनिधित्व हुन सकेको छैन । हाम्रो नाममा राजनीतिक दलले लुटेको छ । विभिन्न वर्गले शोषण गरेको छ । यस्ता कुरालाई समाधान गर्न मैले कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेको हुँ,’ उनले भने ।
 
उनलाई साथ र समर्थन गर्न कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, नेपाल चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधान, नायक कृष्ण मल्ल, प्राविधिक संघका अध्यक्ष पुष्कर लामा लगायत कार्यक्रममा उपस्थित थिए । तीर्थ थापा नेपाली फिल्मका पुराना निर्देशक हुन् । ‘अन्जुली, आन्दोलन’ लगायतका पाँचवटा फिल्मको निर्देशन गरेका उनले कयौं नाटक तथा फिल्ममा अभिनय पनि गरेका छन् ।