Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

काठमाडौंमा ‘फेक’ को छायांकन गर्दै विजय सेतुपति र केके मेनन

फिल्मीखबर, काठमाडौं, 2021/12/07
bijay sethupati and kk menon
 
बलिउड फिल्म ‘उचाइँ’ को नेपालमा छायांकन सकिए लगत्तै भारतबाट अर्को टिम वेब सिरिज ‘फेक’ को छायांकनका लागि नेपाल आएको छ । शनिवार कलाकार र प्राविधिकको टिम काठमाडौं आएपछि आइतवारबाट वेब सिरिजको छायांकन सुरु भएको छ । यो सिरिजको बुधवारसम्म छायांकन हुने नेपालको सम्पूर्ण व्यवस्थापन हेरेको थ्री ह्विलर्सका अध्यक्ष सुरज आचार्यले जानकारी दिए ।
 
आइतवार तीनकुने र एयरपोर्टमा वेब सिरिजको छायांकन भएको थियो । सोमवार बसन्तपुरको दरवार स्क्वायर क्षेत्रमा छायांकन भएको आचार्यले बताए । सिरिजमा साउथ सुपरस्टार विजय सेतुपती, बलिउड अभिनेता शाहिद कपूर, बलिउडका अर्का नामी कलाकार केके मेनन लगायतको मुख्य भूमिका रहेको छ । नेपालमा आफ्नो सिन नभएकाले शाहिद काठमाडौं आएका छैनन् । 
 
विजय सेतुपती र केके मेननले भने तीन दिनदेखि काठमाडौंमा वेब सिरिजको छायांकन गरिरहेका छन् । उनीहरुले एयरपोर्ट र दरवार स्क्वायरमा छायांकन गरिरहेको दृश्य यतिबेला टिकटकमा भाइरल बनेको छ । विजयको नेपालमा समेत ठूलो फ्यान क्रेज छ । उनले अभिनय गरेका फिल्मको हिन्दी डबलाई नेपाली दर्शकहरुले रुचाउने गरेका छन् । उनी पहिलो पटक नेपाल आएका हुन् ।
 
वेब सिरिजका कलाकारदेखि प्राविधिक टिमलाई होटल सोल्टीमा बस्ने व्यवस्था मिलाइएको छ । नेपालमा ‘फेक’ को निर्माण टिमले नेपाली डेढ करोडसम्म खर्च गर्ने थ्री ह्विलर्सका अध्यक्ष सुरज आचार्यको अनुमान छ । यो वेब सिरिजका निर्देशक राज एण्ड डिके हुन् । सिरिजमा नेपालका केही फाइटरहरुले पनि काम गरिरहेका छन् । नेपालअघि ‘फेक’ को मुम्बईमा छायांकन भएको थियो । 
Most Visited News (monthly)