Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘बुलाकी’ को डोल्पा छायांकन सकियो

फिल्मीखबर, काठमाडौं, 2021/12/08
Surakshya Panta
 
लक्ष्मण सुनार निर्देशित फिल्म ‘बुलाकी’ को डोल्पा छायांकन सकिएको छ । क्यामेरा ‘अन’ भएको २४औं दिनमा फिल्मको डोल्पा छायांकन पूरा भएको हो । फिल्मको दुई गीत मात्र खिच्न बाँकी राखेर निर्माण टिम काठमाडौं फर्किसकेको छ । परिस्थिति हेरेर गीतको छायांकन पुषपछि गर्ने तयारी भएको निर्देशक सुनारले जानकारी दिए । फिल्मको सम्पूर्ण दृश्य डोल्पामै खिचिएको हो । 
 
फिल्ममा सुरक्षा पन्त, नरेन खड्का, बिराज बिष्ट, प्रकाश कँडेल, सरस्वती खत्रीको मुख्य भूमिका रहेको छ । निर्देशक सुनारले सुरक्षा पन्तको कामबाट आफू प्रभावित भएको बताए । उनले भने, ‘म सुरक्षाको फ्यान भएको छु । उहाँको कामप्रतिको लगाव र मेहनत देखेर प्रभावित भएँ । उहाँले फिल्ममा जीवन्त अभिनय गर्नुभएको छ । दर्शकले पनि फिल्म हेरेपछि यो महशुस गर्नुहुनेछ ।’ 
 
मोति बिष्टको प्रस्तुति र गोपाल बिष्ट निर्माता रहेको फिल्मको कथा राज बहादुर सानेले लेखेका हुन् । सौगाता कँडेल सह-निर्माता फिल्मलाई शिब ढकालले खिचेका हुन् । फिल्ममा रमेश बुढाथोकी, सुशील पोखरेल, लक्ष्मी गिरी, कुलदीप अधिकारी, झलनाथ खत्री, उपासना वाइवा, सोनु सेढाइ, धनबहादुर राई, कमल गाउँलेको पनि अभिनय रहेको छ । फिल्म जारी प्रथामाथि बनेको हो ।
Most Visited News (monthly)