Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नम्रता सापकोटा बनिन् ओशो सन्यासी

फिल्मीखबर, काठमाडौं, 2021/12/13
namrata sapkota
 
अभिनेत्री तथा मोडल नम्रता सापकोटा ओशो सन्यासी बनेकी छन् । नागर्जुनस्थित ओशो तपोवनमा पुगेर उनी सन्यासी बनेकी हुन् । उनले रातो रंगको गेरु बस्त्र लगाएर हातमा ओशोको पुस्तक बोकेको एक तस्विर सामाजिक सञ्जालमा साझेदार गर्दै ‘प्रेम लक्ष्य हो...जीवन यात्रा हो...ओशो’ भनेर लेखेकी छन् । सन्यासी बनेसँगै उनले आफ्नो घाँटीमा ओशो अंंकित माला समेत लगाएकी छन् ।
 
हरेक महिनाको ७ देखि १४ तारिखसम्म चल्ने ओशो ध्यान शिविरमा सहभागी हुन नम्रता ओशो तपोवन पुगेकी हुन् । एक हप्ताको शिविर सकेर उनी मंगलवार घर फर्किँदैछिन् । अर्की अभिनेत्री तथा ओशो सन्यासी शोभिता सिम्खडाले नम्रतासँगको एक तस्विर फेसबुकमा साझेदार गर्दै ‘ओशा परिवारमा स्वागत छ’ भनेकी छन् । सिम्खडापछि ओशो सन्यासी बन्ने नम्रता दोस्रो अभिनेत्री हुन् ।
 
ओशो सन्यासी भन्नाले भौतिक सुःख सुविधाको त्याग, आत्ध्यात्मिक जीवन जीउनुलाई भन्ने बुझिन्छ । तर, ओशो सन्यासी बने पनि गर्दै आएको कर्म वा दैनिक क्रियाकलाप त्याग्नु भने पर्दैन । ओशो सन्यासी बन्नु भनेको ओशोलाई गुरु मान्नु रहेको बताइन्छ । यसअघि नेपाली फिल्मका थुप्रै कलाकारहरुले ओशो तपोवनमा गएर एक हप्तासम्म चल्ने ध्यान शिविरमा भाग लिइसकेका छन् ।
 
फिल्म ‘अन्तराल’ बाट लिड नायिकाको रुपमा डेब्यू गरेकी नम्रताले ‘विरानो माया, ब्रासलेट, छक्का पञ्जा, समर लभ’ लगायतका फिल्ममा अभिनय गरिसकेकी छन् । तर, उनको फिल्मी करिअर त्यति सुखद बन्न सकेको छैन । एक सयभन्दा बढी म्यूजिक भिडियोमा पनि अभिनय गरिसकेकी उनी बेला बखतमा आफ्नो अभिव्यक्तिका कारण चर्चा र विवादमा समेत आउने गरेकी छन् । 
Most Visited News (monthly)