Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अस्प्रिनासँग बिहेको तयारीमा सलिनमान !

फिल्मीखबर, काठमाडौं, 2021/12/14
salinman bania
 
लगनको महिना भनेर चिनिने मंसिर महिनाले अब विदा माग्दैछ । हरेक वर्ष मंसिर महिनामा कोही न कोही कलाकारहरु विवाह बन्धनमा बाँधिने गरेका छन् । यस वर्ष अभिनेत्री रेश्मा घिमिरे, गायिका प्रविशा अधिकारी लगायतले घरजम बसाए । मंसिरले विदा माग्दै गर्दा अभिनेता सलिनमान बनियाँको भने विवाहको चर्चा सुरु हुन थालेको छ । उनी ८ वर्षयता अस्प्रिना श्रेष्ठको प्रेममा छन् ।
 
सोमवार सलिन र अस्प्रिनाका परिवारको राजधानीको एक होटलमा भेटघाट भएको थियो । उक्त भेटमा उनीहरुको इन्गेजमेन्ट र विवाहको बारेमा कुराकानी भएको जानकारी प्राप्त छ । अस्प्रिनाले सलिन र आफ्नो परिवारको भेट भएको तस्विरहरु इन्स्टाग्राम स्टोरीमा पोस्ट गरेकी छन् । स्रोतले दिएको जानकारी अनुसार, सलिनमान र अस्प्रिनाको यसै वर्ष विवाह हुने सम्भावना प्रवल छ ।
 
हालै अस्प्रिनालाई डेढ करोड बराबरको गाडी उपहार दिएको विषयलाई लिएर चर्चामा आएका सलिनमानले आफ्नो सामाजिक सञ्जालमा प्रेमिकासँगका तस्विरहरु पोस्ट गरिरहेका हुन्छन् । मिडियामा उनीहरुको सम्बन्धलाई लिएर चर्चा हुन थालेपछि दुवै पक्षका परिवारमा विवाहको दबाब बढेको छ । यसैले सलिन र अस्प्रिनाको बिहेमा ढिलाइ नगर्ने सोचमा दुवै पक्षका परिवार छन् ।
 
अस्प्रिना पेशाले इन्टरनेशनल मेकअप आर्टिस्ट हुन् । सलिनमानले भने फिल्म ‘ए मेरो हजुर २’ बाट नायकको रुपमा डेब्यू गरेका थिए । यसपछि उनले फिल्म ‘यात्रा’ मा काम गरे । यो फिल्मपछि उनले नयाँ फिल्म साइन गरेका छैनन् । अहिले उनले पिताको व्यवसाय सहाल्दै आएको जानकारी प्राप्त छ । उनको लुक्स, हेयर स्टाइल र ड्रेसअपको फिल्म क्षेत्रमा निकै चर्चा हुने गरेको छ ।
Most Visited News (monthly)