
‘मिस्टेक, सपना तिम्रो मेरो, ड्रिम गर्ल र सुन्तलीलाई भगाई लग्यो झिल्केले’ सहित चारवटा फिल्मको निर्देशन गरिसकेका ऋषिराज आचार्य आफ्नो पाँचौ फिल्म ‘चुरिफुरी’ लाई पुष ९ गतेबाट दर्शकको जिम्मा लगाउँदैछन् । जग्गा दलाली र वैदेशिक रोजगारीमा हुने गरेको ठगीको कथालाई निर्देशक आचार्यले कमेडी शैलीमा प्रस्तुत गरेका छन् । ट्रेलरबाट पनि फिल्मको मुल कथा बुझ्न सकिन्छ ।

नेपालमा टिकटकको लोकप्रियता बढ्दो क्रममा छ । इन्टरनेटको पहुँच हुने ठाउँमा टिकटक नबनाउने र नहेर्ने मानिस सम्भवतः भेटिँदैन । यही एपले धेरैको जीवन बदलेको छ । धेरैलाई घर न घाटको पनि बनाएको छ । आम मानिस मात्र होइन, टिकटकमा झुन्डिने नेपाली सेलिब्रेटीहरुको संख्या पनि निकै ठूलो छ । लकडाउनमा धेरैका लागि दिन काट्ने साथी नै टिकटक बनेको थियो ।

कलाकारका लागि भनेर बनेको एउटा चर्चित उखान छ- ‘बदनाम हुनु तर गुमनाम नहुनु ।’ कतिपय अवस्थामा बदनाम हुँदा पनि कलाकारलाई फाइदै हुन्छ । मिडियामा चर्चा भइरहन्छ । दर्शकको नजरमा पनि परिन्छ । गुमनाम हुँदा यी सबै कुराबाट बञ्चित हुनुपर्छ । यसैले चर्चाका भोक भएका कलाकारहरु बदनाम हुन तयार हुन्छन् तर गुनमान हुने कुराको कल्पना पनि गर्न सक्दैनन् ।

राज बहादुर सानेको निर्देशनमा निर्माण भएको फिल्म ‘सिल्ली फो’ को सुटिङ प्याकअप भएको छ । फिल्मकी मुख्य अभिनेत्री केकी अधिकारीको जन्मदिन (शुक्रवार) को अवसर पारेर निर्माण टिमले फिल्मको छायांकन सकिएको जानकारी गराएको हो । दुई चरणमा छायांकन भएको फिल्मको सम्पूर्ण छायांकन नेपालगञ्ज आसपासका ठाउँ भएको निर्देशक सानेले बताएका छन् ।

मोफसलमै पहिलो पटक ‘आदिवासी चलचित्र महोत्सव २०७८’ आयोजना हुने भएको छ । विराटनगरमा पुष ९ र १० गते महोत्सव हुन लागेको हो । २ दिनसम्म चल्ने उक्त महोत्सव प्रदेश १ को राजधानी विराटनगरस्थित अतिथि सदनमा हुनेछ । महोत्सवमा राजवंशी, थारु, गुरुङ, मगर, माझी, तामाङ, राई, लिम्बु, भुजेल, खवास र शेर्पा भाषाको फिल्महरु प्रदर्शन गरिने बताइएको छ ।

मार्सल आर्टका अन्तर्राष्ट्रिय खेलाडी तथा नेपाली फिल्म ‘गोर्खा रक्षक’ का निर्माता समेत रहेका सन्नी बी केसीले निर्माण र अभिनय गरेको हलिउड फिल्म ‘फाइट अफ फ्यूरी २’ को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा उनी एक्सन अवतारमा देखिएका छन् । फिल्मको कथा र निर्देशन पनि सन्नी स्वयंको हो । फिल्ममा हलिउडका कलाकारहरुको पनि अभिनय रहेको छ ।

