Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘पुष्पा’ का कारण दुई हप्ता पछाडि सर्‍यो ‘चपली हाइट ३’

फिल्मीखबर, काठमाण्डौ, 2021/12/13
chapali hight 3
 
पुष २ गतेबाट देशव्यापी प्रदर्शनमा आउने भनिएको फिल्म ‘चपली हाइट ३’ दुई साता पछाडि सरेको छ । अब फिल्म पुष १५ गते (बिहीवार) बाट सार्वजनिक प्रदर्शनमा आउने निर्माण टिमले सोमवार विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ । पुष २ मा साउथ फिल्म ‘पुष्पा’ को हिन्दी डब र अंग्रेजी फिल्म ‘स्पाइडर म्यान’ नेपाल आउने भएपछि फिल्मको रिलिज दुई साता पछि सरेको हो ।  
 
निर्माता अर्जुन कुमारले ‘पुष्पा’ को हिन्दी डब नेपाल आएको खण्डमा र ‘चपली हाइट ३’ ले शो कम पाउने अवस्था आए फिल्म नै रिलिज नगर्ने घोषणा गरेका थिए । अल्लू अर्जुन, सलमान खान, शाहरुख खानको फिल्मसँग आफू भिड्न नसक्ने उनको भनाई थियो । साउथ फिल्म र हलिउड फिल्मका कारण आफ्नो फिल्मले कम सोज पाउने भएपछि निर्माता कुमार पछाडि हटेका हुन् ।
 
शुक्रवार मात्र फिल्म रिलिज गर्नुपर्ने नियम भए पनि ‘चपली हाइट ३’ सफला एकादशीको सार्वजनिक विदा पारेर बिहीवार नै रिलिज हुन लागेको हो । सार्वजनिक विदामा फिल्म रिलिज गर्न निर्मातालाई छुट छ । तर, यो फिल्म रिलिजको भोलीपल्ट अर्को नेपाली फिल्म ‘कठपुतली’ रिलिज हुँदैछ । अब एक दिनको अन्तरमा दुई नेपाली फिल्म बक्सअफिसमा आमने-सामने हुनेछन् ।
 
chapali hight 3
 
निकेश खड्का निर्देशित यस फिल्ममा स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट, महेश त्रिपाठी, अर्पण थापा, तीकमान श्रेष्ठ, दीपाश्री निरौला, लक्ष्मी बर्देवा, लोकेन्द्र लेखक, विशाल पहारी, जीवन भट्टराई, सुष्मा निरौला लगायतका कलाकारहरुको अभिनय रहेको छ । नरेन्द्र महर्जन र हेमन्त धामी कार्यकारी निर्माता रहेको यो फिल्मको कथा तथा संवाद आकाश बरालले लेखेका हुन् ।
Most Visited News (monthly)