Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नेपालका मल्टीप्लेक्समा ‘स्पाइडर म्यान’ लाई उच्च शो, बुकिङ आक्रामक

फिल्मीखबर, काठमाडौं, 2021/12/14
spider man no way home
 
हलिउडको बहुप्रतिक्षीत फिल्म ‘स्पाइडर म्यान : नो वे होम’ शुक्रवारबाट नेपालका हलमा प्रदर्शनमा आउँदैछ । नेपाली दर्शकमाझ लामो समयदेखि प्रतिक्षामा रहेको यो फिल्मको नेपालका मल्टीप्लेक्सहरुमा सोमवारबाटै एडभान्स बुकिङ खुल्ला भइसकेको छ । राजधानीसहित मोफसलका मल्टीप्लेक्सहरुमा सर्वाधिक शोज पाएको फिल्मको एडभान्स बुकिङ निकै आक्रामक देखिएको छ । 
 
नेपालको सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले १७ तारिखमा फिल्मलाई आफ्ना १० मेजर स्टेशनमा कूल ५७ शो उपलब्ध गराएको छ । जसमध्ये सिभिल मल, लबिम मल, छायाँ सेन्टर र भक्तपुर नयाँ ठिमीको हलमा फिल्मले पाएको प्रायः सबै शो रिलिज अगावै सोल्डआउट हुने अवस्था देखिएको छ । १८ तारिख (शनिवार) का लागि समेत यी हलमा फिल्मको बुकिङ आक्रामक छ । 
 
कोरोनाका कारण दुई वर्ष लाखौं घाटा बेहोरेका हल व्यवसायीहरुलाई तिहारमा रिलिज भएको बलिउड फिल्म ‘सूर्यवंशी’ ले ठूलो राहत दिएको थियो । अब ‘स्पाइडर म्यान : नो वे होम’ ले दुई वर्षकै घाटा उठाउनेमा मल्टीप्लेक्स सञ्चालकहरु विश्वस्त छन् । वान सिनेमाज्, एफक्यूब, बिग मुभिज, क्यूज सिनेमाज्, सिडिसी सिनेमाज् लगायतका मल्टीप्लेक्समा पनि फिल्मले राम्रो शो पाएको छ ।
 
तर, १७ डिसेम्बरबाटै रिलिज हुन लागेको साउथ फिल्म ‘पुष्पा’ को हिन्दी डबलाई भने अहिलेसम्म नेपालका मल्टीप्लेक्सहरुले शो बाँडफाँड गरिसकेका छैनन् । यो फिल्मले पनि नेपालमा आक्रामक कमाई गर्ने धेरैको अनुमान छ । ‘पुष्पा’ र ‘स्पाइडर म्यान : नो वे होम’ को डरले पुष २ बाट प्रदर्शनमा आउने भनिएको नेपाली फिल्म ‘चपली हाइट ३’ दुई हप्ता पछाडि (पुष १५) सरेको छ । 
Most Visited News (monthly)