
प्रायः नेपाली फिल्म बक्सअफिसमा पत्ताफास भए पनि यूट्युबमा हिट हुने गरेका छन् । हलमा पैसा तिरेर हेर्नुपर्ने फिल्म यूट्युबमा सित्तैमा हेर्न पाएपछि दर्शकले साथ दिने नै भए । हलको व्यापारबाट घर न घाटको भएका निर्माताहरु यूट्युबमा फिल्मले आक्रामक भ्यूज बटुलेपछि भने खुसीले बुर्कुसी मार्ने गर्दछन् । तर, यूट्युबले गर्दा हलको व्यापार डामाडोल भएकोप्रति कसैलाई चिन्ता छैन ।

उमेरले ५० वर्ष नाघ्दासम्म बिहे नगर्दा सुपरस्टार राजेश हमालले ‘बिहे कहिले गर्ने ?’ भन्ने प्रश्नले कहिल्यै छुटकारा पाएनन् । प्रेमिका मधु भट्टराईसँग विवाह गरेपछि उनी यो प्रश्नबाट पूर्ण रुपमा मुक्त त भए तर केही वर्षयता फेरि अर्को प्रश्नले उनलाई लखेटिरहेको छ । मिडियाकर्मी हुन् वा अन्य व्यक्ति, अचेल हरेकले उनलाई अनिवार्य एउटै प्रश्न सोध्ने गरेका छन्, ‘पिता बन्न ढिला भएन र ?’

कोरोना महामारीका कारण करीब २ वर्ष बन्द भएका हलहरु जिल्ला प्रशासन कार्यालयले गत भदौबाट खोल्न अनुमति दिएपछि नेपाल चलचित्र संघले असोज २१ गतेबाट हल खोल्ने निर्णय गर्दै दुई हप्ताको अन्तरमा मात्र नेपाली फिल्म रिलिज गरिने जानकारी गराएको थियो । तर, संघको यो निर्णयलाई चुनौती दिँदै अहिले केही निर्माताहरु आफ्नै देशको फिल्मसँग भिड्न तम्सिएका छन् ।

छोटो समयमा देशका विभिन्न ठाउँमा ८५ भन्दा बढी आउटलेट विस्तार गरिसकेको ‘साथी मार्ट’ को ब्रान्ड एम्बेस्डरमा सुपरस्टार राजेश हमाल नियुक्त भएका छन् । बिहीवार राजधानीमा आयोजित एक कार्यक्रममा ‘साथी मार्ट’ का फाउन्डर तथा सिइओ सागर पोखरेल र हमालबीच कागजी सम्झौता भएको हो । अब हमालले विभिन्न माध्यमबाट ‘साथी मार्ट’ को प्रचार-प्रसार गर्नेछन् ।

बाल्यकालदेखि नै अभिनयमा सक्रिय रहेकी अभिनेत्री नीता ढुंगानाले आफ्नो करिअरमा तीन दर्जनभन्दा बढी फिल्ममा अभिनय गरिसकेकी छन् । लिड अभिनेत्रीको रुपमा अभिनय गरेका प्रायः फिल्म बक्सअफिसमा असफल भए पनि अभिनय राम्रो गर्ने भएकाले उनी आजका दिनसम्म कामविहीन भएर घरमा बस्नु परेको छैन । म्यूजिक भिडियोमा पनि उनको उस्तै राम्रो माग छ ।


