Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

राजेश खन्नाको बायोपिक बनाउँदै फराह खान

एजेन्सी, मुम्बई, 2021/12/28
rajesh khanna
 
एक समय हिन्दी फिल्मका सबैभन्दा ठूलो सुपरस्टारको रुपमा चिनिने दिवंगत अभिनेता राजेश खन्नाको जीवनीमा फिल्म निर्माण हुने भएको छ । बलिउडकी चर्चित कोरियोग्राफर तथा ‘ओम शान्ति ओम’, ‘मैं हूं ना’ र ‘ह्याप्पी न्यू ईयर’ जस्ता सफल फिल्मकी निर्देशक फराह खानले राजेश खन्नाको बायोपिक फिल्मको निर्देशन गर्नेछिन् भने निर्माता निखिल द्विवेदीको लगानी रहनेछ ।
 
राजेश खन्नाको बायोपिक फिल्म उनीमाथि गौतम चिन्तामणीले लेखेको किताब ‘द लोनलीनेस अफ बिइङ राजेश खन्ना : डार्क स्टार’ मा आधारित भएर निर्माण हुनेछ । फराह खानले किताबका लेखकसँँग मिलेर फिल्मको स्क्रिप्ट पनि लेख्नेछिन् । राजेश खन्नामाथि बन्ने बायोपिकमा उनको चरित्र कसले निभाउने भन्नेबारे अहिलेसम्म फाइनल नभएको निर्माता द्विवेदीले जानकारी दिए । 
 
राजेश खन्नाको बायोपिकको विषयमा फराह खानले भनेकी छन्, ‘मलाई राजेश खन्नामाथि गौतम चिन्तामणीले लेखेको किताब निकै मन परेको थियो । त्यस किताबमाथि फिल्म बनाउनका लागि अहिले हामी छलफलमा छौं । बाँकी कुरा चाँडै सार्वजनिक गर्नेछौं ।’ त्यस्तै, निर्माता निखिल द्विवेदीले ठूलो पर्दामा राजेश खन्नाको कहानीलाई पेश गर्न आफू एकदमै उत्सुक रहेको बताएका छन् । 
 
राजेश खन्नाको वास्तविक नाम जतिन खन्ना थियो र उनले सन् १९६६ मा चेतन आनन्द‌को निर्देशनमा बनेको फिल्म ‘आखिरी खत’ बाट अभिनय करिअर सुरु गरेका थिए । ‘सुपरस्टार’ भन्ने शब्द नै उनको लोकप्रियतालाई देखेर बनेको बताइन्छ । आफ्नो समयमा युवतीहरुमा उनको फ्यान फलोइंग जबरजस्त थियो । उनीप्रति प्रेम दर्शाउन युवतीहरुले रगतले चिठ्ठी समेत लेख्ने गरेका थिए ।
Most Visited News (monthly)